logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा तिनवटा सँस्थाद्वारा गायिका गुरुङ सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार ।
गुल्मी सेवा समाज, प्यूठान सेवा समाज र बराह क्षेत्र संरक्षण बडाचौर रोल्पाले संयुक्त रुपमा गायिका कमला गुरुङलाई सम्मान गरेका छन । प्रवासको बसाईलाई बिट मार्दै स्वदेश फर्किन लागेको अवसरमा गुरुङलाई सम्मान गरिएको हो ।
तीनवटा सस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा गुल्मी सेवा समाज कतारका अध्यक्ष बुद्ध पाण्डे सभापति तथा प्यूठान सेवा समाज कतारका संरक्षक लिला जिसी प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा लोक तथा दोहोरी गायिका कमला गुरुङ विशेष अतिथि रहेकी थिइन ।
त्यसैगरी बराह क्षेत्र संरक्षण समिति बडाचौर रोल्पाका अध्यक्ष बलराम जैसी, प्यूठान सेवा समाजका वरिष्ठ उपाध्यक्ष बलदेव राना, नेपाल मगर संघ शाखा कतारका महासचिव विजय मगर, गुल्मी सेवा समाजका सल्लाहकार भिम तरामु , बिष्णु गौतम लगायत अतिथि रहेका थिए ।
कतारको दोहा स्थित नेपाली आगन रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको कार्यक्रममा प्रवासमा रहेका गुल्मी, प्यूठान, रोल्पा जिल्ला वासी लगायतका व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गायिका गुरुङले समाजलाई दिएको योगदानको प्रसंशा गर्दै कलाकार राष्ट्रको गहना भएकोले कहिले पनि बिचलित नभई सधै कलाकारीतामा लाग्न अनुरोध गर्दै साँगितिक तथा व्यक्तिगत जिवनको यात्रा सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि लिला जिसी, बलराम जैसी, भिम तरामु, बिष्णु गौतम, विजय मगर, बलदेव राना लगायतले बोलेका थिए ।तीनवटा सँस्थाद्वारा सयुक्त रुपमा आयोजित कार्यक्रममा सम्मानित हुदै गायिका गुरुङले आफु निकै भाग्यमानी भएको बताउदै सम्मान गर्ने तीनवटै सस्थालाई धन्यवाद दिदै समाजका सम्पूर्ण परिवारप्रति आभार समेत प्रकट गरिन ।

लामो समयदेखि कतारमा कार्यरत गुरुङ सामाजिक कार्य सँगै यहा स्थापित विभिन्न संघ-सँस्थाहरुलाई योगदान दिदै आएकी थिइन् । रोजगारीको सिलसिलामा कतारमा रहदा यहाँ स्थापित विभिन्न समाजिक संघ सस्थाहरुका कार्यक्रमहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध रहेर सहयोग गर्दै आएकी गुरुङ प्रवासको बसाईलाई बिट मार्दै नोभेम्बर ७ तारिका दिन नेपाल जाँदै छिन ।

गुल्मी सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति पाण्डेले कार्यक्रमलाई समापन गर्दै गुल्मी सेवा समाजले विभिन्न समयमा आयोजना गरेका कार्यक्रमलाई सफल बनाउन गुरुङले दिएको योगदान प्रति आभार प्रकट गरेका थिए ।

संयुक्त रुपमा तीनवटा सस्थाद्वारा आयोजित सम्मान कार्यक्रमलाई सभ्य एवम् भव्य रुपमा सम्पन्न गर्नका निमित्त उपस्थित सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रम गुल्मी सेवा समाजका सह-सचिव थम बिकको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend