साझा नेटवर्क
टेक्सास, कार्तिक २०।
अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा आइतबार बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । कालो कपडा लगाएको गोरो युवकले स्थानीय समयअनुसार बिहान साढे ११ बजे चर्चभित्र घुसेर गोली चलाएको थियो ।
सो घटनापछि प्रहरीले आक्रमणकारीलाई गोली हानी मारिदिएको छ । प्रान्तका गर्भनर ग्रेग एबटका अनुसार टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो आक्रमण हो । उनले यस घटनालाई घृणित भन्दै मृतक परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend