logo
  • शनिबार, साउन ३० २०८३

अग्नीपिडित परिवारलाई दिगामका युवाहरुद्धरा सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गल्मी जेठ ३ ।
गुल्मीको वडागाँउमा भएको आगोलागीबाट पिडित भएका परिवालाई गुल्मीको दिगाम गाविसका युवाहरुको अगुवाईमा उठाइएको ४६ हजार ७ सय ४८ रुपैया एक कार्यक्रमका विच अग्नी पिडित परिवारलाइ हस्तानतरण गरिएको छ ।0

दिगाम गाविसका अगुवा युवाहरुको अगुवाइमा गाविसका विभिन्न संघ सस्था, व्यपारी,समाजसेवी तथा विभिन्न युवाहरु मार्फत उत्त रकम संकलन गरि वितरण गरिएको अगुवा युवा विश्वनाथ पाण्डेले जानकारी दिनुभयो । रकम संकलन अभियान का संयोजक नेत्र ब. सिंजाली र खुमानन्द पाण्डे लगाएतका १३ जना युवाहरु वडागाँउ पुगी उत्त रकम हस्तानतरण गरेका थिए ।

रकम हस्तानतरण कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी हरि छन्तेलले युवाहरुको सहयोगी भावनाको लागी धन्यवाल दिनुभयो । बैशाख १८ गते शनिवार स्थानिय सामुदायिक वनमा लागेको आगो हावाहुरीका कारण बस्तीमा पुग्दा ७१ भन्दा वढी घरगोठ जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend