साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
माछापुच्छ्रे गाउपालिका २ सार्दिखोला, मेप्राङ कास्की स्थायी घर भई हाल पोखरा लेखनाथ नगरपालिका लामाचौर वसोवास रहेको स्व. मिना गुरुङको परिवारलाई कास्की सार्दिखोला समाज कतारले रु ५०,००० आर्थिक सहयोग गरेको छ ।
विगत केही महिना देखी मल्टिपल ग्यास्ट्रिक अल्सर तथा माइलोमा अर्थात व्लड क्यान्सरले पीडित वनिरहेकी मिना गुरुङको उपचारमा सहयोग गर्ने उद्देश्यका साथ सहयोग रकम संकलित रहदै गर्दा उहाको अल्पआयुमा नै स्वर्गवास भएपछी उक्त सहयोग रकम उहाको परिवार तथा वालवालिकाको शिक्षामा सदुपयोग रहोस् भनी उक्त रकम पठाइएको संस्थाका अध्यक्ष द्रोण प्रसाद वास्तोलाले जानकारी दिनुभएको छ ।
रोजगारिको सिलसिलामा कतार अाइपुगेका साविक सार्दिखोला गा .वि .स (हाल माछापुच्छ्रे गाउपालिका २) कास्कीका अधिकांश साधारण कामदारको रुपमा रहेका सार्दिखोलावासिले कतारमा समस्यामा परेकालाई मात्र नभएर विशेश गरी आफ्नो गाउ, क्षेत्र र जिल्ला हुँदै नेपालको जुनसुकै ठाउवाट सहयोगको अपेक्षा रहेको खण्डमा सक्दो सहयोग पलव्ध गराउदै आएको छ ।
यस्तै सामाजिक र मानविय कार्यहरु गर्दा पुण्य कमाएको महसुस गर्ने सार्दिखोला वासी दाजुभाइहरुले आफ्नो गक्ष अनुसार सहयोग रकम संकलन गरी यसै संस्थाका संस्थापक अध्यक्ष सृजन मोहन तमाङ र संस्थापक सल्लाहकार सदस्य मेख वहादुर गुरुङको हातवाट स्व मिना गुरुङको श्रीमान यम वहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका छन ।
अन्त्यमा यस सहयोग रकम संकलन कार्यमा आर्थिक, नैतीक तथा सामाजिक सहयोग पुर्याउनु हुने सम्पूर्णलाई अध्यक्ष श्री द्रोणा प्र वास्तोलाले एकमुस्ठ धन्यवाद व्यक्त गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend