logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला समाज कतारद्वारा गायिका गुरुङ सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट, साझा नेटवर्क कतार ।
प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना,बडा दसै तथा शुभ दिपावलीको शुभकामना भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाज दोहा कतारले जिल्ला भित्र रहेका सस्थाहरुलाइ एकत्रित समन्वय गर्दै शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार कतार स्थित सनैया रोटना रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रमको समिक्षा गर्दै कार्यक्रम सभ्य एवं भब्य रूपमा सम्पन्न भएको समाजले महसुस व्यक्त गरेको छ।
साथै रोल्पाली हरुको साझा चौतारी रोल्पा जलजला सेवा समाज दोहा कतारले बिगत लामो समयदेखि कतारमा रही यस सस्थामा आबद्ध रहनुहुने समाजसेवि अनि समाजका निम्ति सहयोग गर्ने समाजसेविहरुलाइ कर्म थलो कतारबाट अन्त्य गर्दै स्वदेश फर्किनु हुनेहरुलाई सम्मान सहित बिदाइ गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा आफ्नो दैनिकी कार्य संग संगै कला क्षेत्रमा पहिचान बनाउन सफल रोल्पाली चेली लोक दोहोरी गायिका कमला गुरुङ ज्युलाइ दोहा स्थित देवार अल्कुदुप पठानी पार्कमा समाजको समिक्षा तथा बिदाइ कार्यक्रम बिचमा सम्मान सहित बिदाइ सम्पन्न गरेको छ। उक्त कार्यक्रम समाजका अध्यक्ष शिव बुढाथोकीको सभापतित्व मा भएको कार्यक्रम समाजका महासचिव देबराज पुनले संचालन गर्नु भएको थियो।

कार्यक्रममा समाजका सल्लाहकार समयोजक बसन्त थापा सल्लाहकार सुर्य बिक, गोपाल केसी,भबिन्द्र बुढाथोकी,छवि गुरुङ प्रथम उपाध्यक्ष चोम बिष्ट,सचीव जीवन खड्का,सदस्य पुर्ण बिष्ट लगाएतले गायिका गुरुङले कलाकार क्षेत्र बाट पुर्याउनु भएको सहयोग अतुलनीय रहेको बताएका थिए भने साथै शुभ यात्राको लागि शुभकामना समेत व्यक्त गरेका थिए।

यसैगरी कार्यक्रमका सभापति सल्लाहकार समयोजक,सल्लाहकार ले दोसल्ला ओढाइ कदर पत्रले सम्मान गरेको थिए । समाजको तर्फबाट सल्लाहकार संयोजक बसन्त थापाले मायाको चिनो समेत प्रदान गर्नु भएको थियो। साथै रोल्पा जिल्ला साबिकको गाबिस सिर्प बाट अनिल जिसि र साबिकको बडाचौर गाबिस बाट विवेक बुढाथोकीलाई कार्यसमितिमा थप गरेको छ ।

आफ्नो अमुल्य समयलाइ खर्ची साथ र सहयोग पुर्याउदै आउनु भयका कला र गलाका धनी उहाँको आउदा दिनहरु सुखमयका साथै सफलता मिल्दैजाओस, सफल यात्राको हार्दिक शुभकामना व्यक्त गर्दै अन्त्यमा कार्यक्रमका सभापति शिव बुढाथोकीले सबैलाई धन्यवाद दिएका थिए यश कार्यक्रममा उपस्थित भएर सहयोग गर्नु हुने सबैमा र यसैगरी समाजको हितहुने कार्यमा लाग्नु हुने सबैमा यसरी सम्मान गर्न परोस बताउदै कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend