logo
  • शनिबार, भाद्र २० २०८३

दाङ देउखुरी सेवा समाजद्वारा बाढी पहिरो पिडितलाई राहत वितरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
समाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको दाङ देउखुरी सेवा समाज कतारले गत साउन २८ गते जिल्लामा आएको बाढि पहिरोबाट प्रभावित भएका तुलसीपुर उप-महानगरपालिका वडा न १३ फुलबारीका १३२ घर परिवारहरुलाई राहत वितरण गरेको छ ।उक्त बाढी पहिरोबाट प्रभावित बनेका १३२ घर परिवारहरुलाई समाजले एक/एक थान (ब्लाङ्केट) कम्बल वितरण गरेको हो ।राहत वितरण कार्यक्रममा दाङ देउखुरी सेवा समाज घोराहीका कार्यवाहक अध्यक्ष बलदेव बिकको अध्यक्षता तथा दाङ देउखुरी सेवा समाज कतारका प्रथम उपाध्यक्ष हेम बहादुर बस्नेतको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा समाजका कतारका सल्लाहकार अर्जुन खड्का र तुलसीपुर उप-महानगरपालिका १३ का वडा अध्यक्ष डम्बर न्यौपाने ई .प .का फुलबारीका इन्चार्ज रत्न बहादुर खत्री सल्लाहकार चन्द्र नेपाली युद्ध बहादुर भुसाल विषेश अतिथि रहेका थिए ।

तेस्तै समाजका केन्द्रिय सदस्य छबी परियार, महिला सदस्य कमला बी. क. लगायत स्थानीय बासिन्दाको उपस्तिथि रहेको थियो । समाजले संचालन गरेको राहत संकलन अभियानबाट सङ्कलित रकमको अर्को किस्ता देउखुरीमा रहेका १८ घरपरिवारलाई केहि दिनमा नै राहत वितरण गर्ने जानकारी दिएको छ ।

राहत पाएपछि खुसी मुद्रामा देखिएका पिडितहरुले दाङ देउखुरी समाज र सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिएका थिए । समाजले हामीलाई जुन सहयोग उपलब्ध गरायो यो हाम्रो लागि हिरा बराबर छ भन्दै समाज प्रति आभार प्रकट गरेका थिए ।

समाजले कतारबाट नेपालमा अध्यक्ष र कोषाध्यक्षको संयुक्त नाममा रहेको सस्थाको खातामा रकम पठाएको र खाताका सम्बन्धित व्यक्ति दुबैजना वैदेशिक रोजगारीको सिलसिलामा हिडेपछी खाताको नाम परिवर्तन गर्न समस्या उत्पन्न भएको कारणले राहत वितरण कर्यमा ढिलाइ भएको समाजका अध्यक्ष बसन्तराज पुरीले जानकारी दिए ।

साझा नेटवर्कसँगको कुराकानीमा समाजका अध्यक्ष पुरीले दाङ देउखुरी समाजले संचालन गरेको राहत सङ्कलन अभियानलाई सफल तुल्याउन अहोरात्र खट्नु हुने कार्यसमिति सदस्य, सहयोग प्रदान गर्नुहुने सम्पुर्ण दाङ जिल्लाबासी दाजुभाइ तथा दिदिबहिनीहरु व्यावसायि समाजसेवी लगायत अन्य जिल्ला बासि नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई धन्यवाद तथा सहयोगी मनहरु प्रति आभार प्रकट गरे ।

आगामी दिनहरुमा पनि संस्थाले गर्ने हरेक समाजिक कार्यहरुमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुनेछ भन्ने अपेक्षाका राखेको पुरीले बताए । राहत वितरण कार्यक्रमको अन्त्यमा बोल्दै दाङ देउखुरी सेवा समाज घोराहीका कार्यवाहक अध्यक्ष बलदेव बिकले सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापान गरेका थिए । कार्यक्रम संस्थाका कोषाध्यक्ष लिलामणी लामिछानेको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend