साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ आषाढ १।
नायिका सिर्जना बस्नेत द्वारा निर्माण तथा निर्देशन गरिएको बहु प्रतिक्षित नेपाली कथानक चलचित्र “गुड लक” यहि आउदो श्रावण १४ गतेबाट देश भर रिलिज हुदै छ । नेपाली चलचित्र क्षेत्रमा एक पृथक चलचित्र लिएर आउने कोसिसका साथ नायिका निर्मात्री तथा निर्देशक सिर्जना बस्नेतले दर्शक श्रोताहरुको लागि “गुड लक” लिएर आउदै छिन ।

सिर्जना बस्नेत यस चलचित्रको निर्देशन संगै निर्माता पनि भएकी छिन । चलचित्र “गुड लक”मा कल्याण घिमिरे, नवराज श्रेष्ठ र यसै चलचित्रबाट निर्देशक र निर्माता बनेकी सृजना बस्नेतको प्रमुख अभिनय रहेको छ । नवराज श्रेष्ठ यस चलचित्रबाट नब नायकको रुपमा आउदै छन, नबराज श्रेष्ठ अमेरिकामा बसोबास गर्दै आएका छन ।
शिक्षा फिल्मस प्रालिको प्रस्तुतिमा बनेको चलचित्र “गुड लक”मा नवराज श्रेष्ठ, सिर्जना बस्नेत, रश्मी भट्ट र कल्याण घिमिरे जोसना फुयाल,रबिन्द्र खड्का,अमित श्रेष्ठ आदिको अभिनय रहेको यस सिनेमाको संगीत चेतन सापकोटाले भरेका छन् भने ‘गुड लक’का क्रिएटिभ डिरेक्टर मुस्कान ढकाल हुन् । कविराज गहतराज र शंकर विसीको संयुक्त नृत्य निर्देशन रहेको ‘गुड लक’लाई दर्शकले मन पराउने मा नायिका/निर्मात्री/निर्देशक सिर्जना बस्नेत ढुक्क छिन ।
एक युवतीको जिबन यात्रा माथि निर्भर रहने यस चलचित्रमा हास्य, सेण्टिमेण्टल, प्रेम कहानी, र अन्य कुराको समिश्रणलाइ राम्रोसंग प्रस्तुति दिएको र चलचित्र उत्कृष्ट बनेको दर्शकहरुले पूर्ण मनोरंजन प्राप्त गर्ने कुरामा निर्मात्री/निर्देशक सिर्जना बस्नेत ढुक्क छिन । साथै उनि भन्छिन चलचित्र राम्रो बनेको हुदा सम्पूर्ण चलचित्र प्रेमी दर्शकहरुलाइ चलचित्र हेरी सल्लाह सुझाब दिन पनि आग्रह गर्छिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend