logo
  • शनिबार, साउन ३० २०८३

मुस्ताङ भ्रमणमा अमेरिकी राजदूत


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मुस्ताङ ,जेष्ठ ३२।

दुई दिनदेखि मुस्ताङमा रहेकी अमेरिकी राजदूत एलाइना बी तेप्लिज लोमान्थाङ भ्रमणमा आएकी छिन् । नेपाल चीन सिमानामा रहेको यो उपल्लो मुस्ताङको ब्यापारिक केन्द्र हो ।

सोमबार उनी लोमान्थाङ वरको घमी गाउँमा बास बसिन् । चीनले बुधबारदेखि कोरला नाका २५ दिनका लागि खुल्ला गर्ने र यही मौकामा राजदूत एलाइना उपल्लो मुस्ताङ भ्रमणमा आउनु संयोग परेको छ ।   उनी १० दिनसम्म लोमान्थाङ र यस वरपर क्षेत्रको भ्रमण गर्नेछिन् । एलाइनाका साथ आएका दूतावासका नेपाली कर्मचारीका अनुसार उनको यो नितान्त ब्यक्तिगत भ्रमण हो ।

हामीसँगको भेटमा यो भ्रमण निजी भएको एलाइनाबाट जानकारी पाएको प्रजिअ गणेश अधिकारीले बताए ।   एलाइनाले लोमान्थाङमा रहेको दरबार लगायतका सम्पदाको अबलोकन गर्ने बुझिएको छ । व्यापारी मेला कोरला सिमानाबाट २ किमी चीनतर्फ लाग्ने भएकोले एलाइना कोरला भन्दा वर नेचुङसम्म पुग्ने सम्भावना छ । १० दिन लामो उनको नेपाल चीन सीमा क्षेत्रको भ्रमणलाई भने यहाँका बुद्धिजिवीले अर्थपूर्ण रुपमा हेरेका  छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend