logo
  • शनिबार, भाद्र २० २०८३

जापानमा नेपाल फेस्टिवल हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

nrn-japan-logoसंगिता कुवँर, टोकियो जेष्ठ ३२।
जापानमा नेपाली भाषा, संस्कृति, मौलिकता तथा व्यवसायीक सम्भाव्यवता र नेपाली पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जापानमा आगामी अगस्टमा नेपाल फेस्टिवल हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा जापानको टोकियो स्थित, योयोगी पार्कमा अगस्ट ६ र ७ गते मेला आयोजना हुने भएको हो ।

नेपाल जापान मैत्रि सम्बन्धको ६० औँ वर्ष पुगेको विशेष अवसरले पनि मेला बिषेश आकर्षक बन्ने आयोजकले जनाएको छ । मेलामार्फत संकलन भएको रकमलाई एनआरएनए जापानको आपकालीन राहत कोष,स्रोत संकलनका रुपमा जम्मा गर्ने भएको छ । फेस्टिल तयारीका लागि टोकियोमा बसेको पहिलो बैठकले स्टल बुकिङ खुल्ला भएको जानकारी समेत गराएको छ ।

फेष्टिवलमा स्टल राख्न चाहनेहरुले आयोजक समितिले डिजाईन गरेको आधिकारिक फर्म्याटको फाराम भरि सबै नियमहरु अक्षरण पालना गर्ने छु, भन्ने ब्यहोराको मञ्जुरी सहितको समझदारीपत्रमा सहिछाप गरी आवश्यक शुल्क भुक्तानी गरेको भौचर सहित आवेदन गर्नुपर्ने छ । बैठक मार्फत एनआरएनए जापानका अध्यक्ष सुदन थापालाई सर्वसम्मत रूपमा मुल आयोजक समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

नेपाल फेष्टिवल नेपाल र नेपालीलाई चिनाउने उदेश्यले नेपाली कला, कौशल र चिनारी झल्किने सामग्रीहरु प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । फेष्टिवलमा सफल बनाउन जापानबासी नेपाली सबैलाई सहयोग गरिदिन एनआरएनए जापानका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक सुदन थापाले अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend