logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा आयोजित प्रथम हुर्रा महोत्सवको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको प्रथम हुर्रा महोत्सव तथा दिपावली कार्यक्रमको सम्पूर्ण तयारी पुुरा भएको बताइएको  छ । कार्यक्रम मगरहरुको मौलिक परम्परागत साँस्कृतिक पहिचान संग जोडिएको र विषेश गरी नेपालको पुर्वीय भेगमा अति नै लोकप्रिय हुर्रा नृत्य संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यका साथ कतारमा पहिलो पटक प्रथम हुर्रा महोत्सव आयोजना गरिएको संघका महासचिव विजय मगरले साझा नेटवर्कलाई जानकारी दिए ।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष सहयोगार्थ आयोजना गरिएको उक्त प्रथम हुर्रा महोत्सव तथा दीपावली कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गरिदिनुहुन कतारबासी सम्पूर्ण नेपालीहरुलाई  संघका कला तथा साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरले आग्रह गरेका छन्  ।

कार्यक्रममा विशेष आकर्षणका अतिथि कलाकारहरू :

नेपाल मगर सास्कृतिक संघका अध्यक्ष तथा मयुर नाचका नृत्यकार कविराज मगर, राष्ट्रिय लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, मोडल तथा चर्चित नृत्यगना रिना थापा मगर, मोडल तथा नृत्य निर्देशक सुमन थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका के.सी. (गुरुङ्ग) साथै संघको कला तथा सास्कृतिक विभागीय कलाकारहरुको विशेष प्रस्तुतिले साथ दिने छन् ।

नेपाली मौलिक कला तथा संस्कृति झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिहरु रहने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन दोहा, कतारमा रहेका सम्पुर्ण संघ, संस्था संगठन, उधोग, ब्यवसायी, समाजसेवी तथा बुद्धिजीवी विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु साथै कतारमा रहनु हुने समस्त मगर तथा गैर मगर आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थिका लागि सम्वन्धित सबैमा नेपाल मगर संघ आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

वैदेशिक शाखाको रूपमा सन २००० मा स्थापित संघद्वारा आयोजित कार्यक्रम कतारको सनैया स्थित ग्राण्डमल नजिकै रहेको दल्ला ड्राइभिङ एकेडेमी हलमा २७ अक्टोबर २०१७ शुक्रबारका सम्पन्न हुदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend