साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा अलपत्र परेका भिम बहादुर थापा मगरलाई नेपाल मगर संघ शाखा कतारले आर्थिक सहयोग गरेको छ । ५ महिना पहिले कतार आएका बेलबारी नगरपालिका वार्ड न. ८ मोरङ निवासी थापा कम्पनीमा भिसा र काम नभएपछी अलपत्र परेका थिए ।
थापा अलपत्र परेको खबर पाएपछी नेपाल मगर संघ शाखा कतारले सहयोग उपलब्ध गराएको हो । थापालाई संघले नेपाल फिर्ताको लागि हावाइ टिकटका लागि आर्थिक सहयोग गरेको संघका महासचिव विजय मगरले साझा नेटवर्कलाई जानकारी दिए ।
थापालाई नेपाल फिर्तिको लागि नेपाल मगर शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले शनिवार सनैया स्थित अलअत्तियामा निज पिडितलाई भेट गरि उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
नेपाल मगर संघ शाखा कतारले निज थापालाई सहयोगका लागि संस्थागत आर्थिक संकलन अभियान संचालन गरि सोहि अभियानबाट संकलन भएको रकम हवाई टिकटका लागि सहयोग गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend