साझा नेटवर्क
उद्धव मगर, दोहा ।
रामेछाप दोहा सम्पर्क समाज र तामाङ सेवा समाजले समस्यामा परेकि रामेछाप निवासी वेथान गा.वि.स वार्ड नं.५ की रेजिना तामाङलाई संयुक्त रुपमा आर्थिक सहयोग गरेको छ।
विगत २८ महिना देखि अल नेहायह कम्पनीमा कार्यरत रेजिना तामाङले विगत ४–५ महिनासम्म तलब नपाएकोले दैनिकीमा समेत समस्यामा परेकोले प्रवासी तामाङ सेवा समाजमा आबद्ध सदस्यहरु र रामेछाप दोहा सम्पर्क समाजका सदस्यहरुले आर्थिक सहयोग संकलन गरी तामाङलाइ कतारी रियाल १४०० सय आर्थिक सहयोग गरिएको हो ।
तामाङ सेवा समाज र रामेछाप दोहा सम्पर्क समाजका सचिव ललितकुमार तामाङको विशेष पहल र तामाङ सेवा समाजका पुष्पता तामाङको सकृयतामा उक्त रकम संकलन गरि सहयोग गरेको हो।पिडितका अनुसार यस विषयमा नेपाली राजदूतावासलाई पनि जानकारी भइसकेको छ।
राजदूतावासले पनि कम्पनीको मालिकसँग कुराकानी भएको र आगामी १५ दिनभित्र आफूलाई घर पठाइदिने प्रक्रिया अगाडी बढेको भन्ने जानकारी दिएको तामाङले बताइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend