साझा नेटवर्क
चोम बिष्ट,कतार ।
प्रवासमा रोल्पालीहरुको शान्ति,सद्भाव र एकताको चाहना,भन्ने मूल नाराका साथ बिजया दशमी तथा शुभ दिपावली,छठ पर्ब पावन अबसरमा सुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको हो ।
प्रवास रहेतापनि समाजले हरेक बर्षमा हिन्दु धर्मावलम्बिहरुको महान चाड दशैँ तिहार पर्बको अवसारमा मानाउदै आईरहेको छ। साथै यसैलाई निरन्तरता दिदै यसपाली पनि सुभ अवसरमा शुभकामना आदानप्रदान देउसी भैलो कार्यक्रम आयोजना गरेको बताए।
रोजगारीकोसीलसिलामा जन्मभुमि देखी धेरै टाढा मध्य पूर्वी खाडिमुलुक देश कतारमा रहनुहुने सम्पूर्ण कतारमा कार्यरत रोल्पाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अपिल गर्दै यहाँको गरिमामय उपस्थितिको लागि सस्थाले आहवान समेत गरेको छ।साथै जिल्ला भित्र रहेका हरेक समूह सस्थालाइ गोलबन्दित गर्दै समन्वय गरि कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रम भब्यताका साथ सु-सम्पन्न गराउनको लागि आफु लागि परेको समाजका अध्यक्ष शिव बुढाथोकीले बताउनु भएको छ।
प्रवासमा रहेर पनि स्वदेशमै रहेको अनुभुती आभास दिने खालको मनोरञ्जनात्मक प्रस्तुति हामी हाम्रो धर्म सस्कृतिक परम्परालाई जोगाई राख्न र विशेषत देउसी भैलो मारुनी नाच नृत्य रमाइला-रमाइला प्रस्तुति गर्ने बताएका छन् । उक्त कार्यक्रम यही आउदो शुक्रबार अर्थात २०अक्टोबर २०१७ तारिख दिन सनैया स्थित स्ट्रीट नम्बर २७ रोटना रेष्टुरेन्टको सभाहलमा दिउँसो १२ बजेदेखि सुरु हुने ब्याहोरा यहाँ सबैमा जानाकारी गराएको बताएका छन् ।
यो कार्यक्रम रोल्पा परिवारको आन्तरिक कार्यक्रम भएको हुदा सबैमा सूचना प्रवाह गरिएको यदी कुनै कारण बस जनाकारी प्राप्त नआएको खण्डमा यसैलाई आधार मानि कतारमा कार्यरत रोल्पाली तथा दाजुभाइ दिदिबहिनीहरुको गरिमामय उपस्थितीको लागि हार्दिक आव्हान समेत गरेका छन्।
रोल्पा जलजला सेवा समाज कतार द्वारा आयोजित जिल्ला सस्था द्वारा समन्वय साबिकका गा.बि.स. स्थरिय संघ सस्थाको बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम २०७४ सालको आयोजक सस्थाहरु यस प्रकार छन ।
?रोल्पा जलजला सेवा समाज कतार
?बराह क्षेत्र संरक्षेण समिती बडाचौर रोल्पा कतार
?राक प्रवासी सेवा समाज कतार
?रोल्पा गुम्चाल प्रवासी सेवा समाज कतार
?जनप्रगतिसिल सेवा समाज सिर्प ७ रोल्पा कतार
?दलित एकता संजाल बडाचौर ५ रोल्पा
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend