logo
  • शनिबार, साउन ३० २०८३

खुल्ला भलिवल प्रतियोगीता चल्दै, पहिलोचरणको खेल सकियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल ,बागलुङ असोज ३१ ।
दिपज्योती युवा परिवार वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा खुल्ला भलिवल प्रतियोगीता सरस्वती प्राविको प्राङ्गण सिमलचौर नेटामा चलिरहेको छ।

२७ टिमको सहभागिता रहेको आजको प्रतियोगीतामा पहिलो चरणको खेल सम्पन्न भएको छ। २ समुहको दोश्रो चरण पनि सकिएको छ। वेष्ट फ्रेन्ड युवा क्लव तालकोट तेश्रो चरणमा गएको छ। भोली विहान ७ वजे देखि रेस्क्यू युथ फोर्स मुसिकोट र जनसेवा युवा क्लव सि तुन्डाडा विच खेल हुने दिपज्योती युवा परिवारका सचिव होमनाथ खरेलले जानकारी दिनुभएको छ।

कार्यक्रम खेल संयोजक सुवास रानाको अध्यक्षता तथा कोषाध्यक्ष वावुराम पौडेल र सदस्य वुद्ध पौडेलको संचालनमा सम्पन्न भएको थियो। कार्तिक १ गते अर्थात भोली कार्यक्रमको औपचारीक कार्यक्रम संगै सहयोग दातालाई सम्मान तथा कलाकारहरुको प्रस्तुती तथा नृत्य प्रतियोगीता, भलिवल सेमिफाईनल तथा फाइनल लगाएतका विविध प्रतियोगीतात्मक कार्यक्रमको आयोजना गरिएको परिवारका अध्यक्ष गणेशमान चालिसेले जानकारी दिनुभएको छ।

भोलीको कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष विष्णु भुसालको सहभागिता हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend