logo
  • शनिबार, भाद्र २० २०८३

अभियान कृषि सहकारी रिघाको समिक्षा वैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कमल पौडेल ,बागलुङ असोज ३१ ।
अभियान कृषि तथा पशुविकास सहकारी संस्था लिमिटेड गल्कोट नगरपालिका वडा नं.११ रिघाको समिक्षात्मक वैठक सम्पन्न भएको छ।

वैठकमा हाल सम्म संस्थाले गरेको गतिविधिको वारेमा समिक्षा गर्दै आगामी कार्यक्रम तय गरेको छ। वडा अधयक्ष डम्वर  श्रीसको विशेष उपस्थितिमा सम्पन्न वैठकमा संस्थाको प्रगति प्रतिवेदन सचिव दान वहादुर श्रीसले प्रस्तुत गर्नुभएको थियो।

आर्थिक पक्षको जानकारी प्रवन्धक सोनाम घर्तिले तथा ऋणको वारेमा ऋण समितिका संयोजक सुमन श्रीसले जानकारी दिनुभएको थियो। वैठकमा कोषाध्यक्ष दिपक थापा,सहसचिव दिपक थापा श्रीस, संचालक सदस्य धिरेन राजवंशिले समिक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।

वैठक सहकारीका अध्यक्ष देव वहादुर विकको अध्यक्षता, उपाध्यक्ष भिमला घर्तिको स्वागत मन्तव्य तथा सचिव दान वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend