साझा नेटवर्क
दीलिप पराजुली, दोहा ।
लामो समय देखी नेपाली साहित्यको क्षेत्रमा सहयोग पुर्याउदै आएका संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो डबलीको ७४ औं सृंखला भब्य रुपमा सम्पन्न गरेका छन । हरेक महिनाको दोश्रो शुक्रबार हुने डबली दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा दुई दर्जन भन्दा बढी सर्जकहरुले आ आफ्ना सृजना पस्केका थिए । बिशिष्ट श्रोताका रुपमा खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष खगेन्द्र कार्र्कीलाई निम्त्याएको उक्त डबलीलाई शेखर बस्नेतले संचालन गरेका थिए ।
ईश्वर राईको गजल बाट शुरु भएको डबलीमा दीप प्रदिप कुमार, बिन्दा लामा, राजेन्द्र घिमिरे, शुभ सन्ध्या, सागर बिभोर,शेखर बस्नेत, जगतराम बर्देवा, श्याम राज रानाभाट, दीलिप पराजुली, सिताराम थापा र लेख कार्र्कीले गजल सुनाएका थिए भने बिनोद खड्का, हरिविनोद अधिकारी, बेचन महतो र रुप रसाइलीले कबिता वाचन गरेका थिए ।

हरेक सर्जकको गजल तथा कवितामा देशप्रेम, घरदेशको चाडबाड र प्रदेशको पीडा भेटिन्छन । करिब दुई घण्टा भएको डबलीमा कतारबाट कलम चलाइरहेका कबि रुप रसाइलीलाई साहित्यिक चौतारी नेपालले प्रदान गरेको प्रसंशा पत्र पनि हस्तान्तरण गरिएको थियो । कवि तथा गजलकार रसाईली प्रबास बाट नै साहित्यिक चौतारीमा सम्पादक मण्डलमा रहेर काम गरिरहेका छन ।
कार्यक्रमको अन्त्यमा बिशिष्ट श्रोता कार्र्कीले दोहाको यो साहित्यको माहोल कहिले पनि पछि नपर्नेमा जोड दिए । कार्र्की आफैले कविता सुनाई माहोल तताएका थिए भने आगामी डबलीमा समेत समय मिलेको खण्डमा उपस्तिथि रहने जानकारी गराउदै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend