logo
  • शनिबार, साउन ३० २०८३

एमाले गुल्मीद्धारा स्वयमसेवक सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ ३२।
नेकपा एमाले जिल्ला कमिटी गुल्मीको आयोजनामा स्वयमसेवक सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । बिनाशकारी भुक्म्पको बेला रसुवाको भोर्ले तथा आगोले सिङ्गो गाउँ नै ध्वस्त भएको जिल्लाको वडागाउँको दजाकोट र माझगाउँमा गएर सहयोग गर्ने स्वयंसेवकहरुलाई सम्मान गरिएको छ ।
uml
रसुवाको भोर्लेमा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण घिमिरेको नेतृत्वमा १९ जनाको स्वयसेवक टोलीले एक महिना सम्म भुकम्प पीडितको घर टहरा निर्माणमा सहयोग गरेका थिए । त्यति बेला गुल्मीबाट गएको नेकपा एमालेको स्वयमसेवक टोली सवैभन्दा राम्रो काम गर्दै नेपालमै उत्कृष्ट भएको थियो । त्यस्तै जिल्लामा वडागाउँको दजाकोट र माझगाउँमा जिल्ला कमिटी सचिवालय सदस्य हिरा एसीको नेतृत्वमा ४५ जनाको स्वयसेवक टोली एक हप्ता सम्म परिचालन भएको थियो ।
uml1
आफ्नो घर सम्पती जलेर आहात भएका अग्नी पीडितहरुको घर टहरा निर्माण गरी नेकपा एमालेको निकै प्रंससा गरिएको थियो । कार्यक्रममा रसुवा जाने १९ जना र वडागाउँ जाने ४५ जनालाई अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष कमलराज श्रेष्ट लगाएतका नेताले सम्मान गर्नुभएको थियो । सोहि अवसरमा उद्धारको क्रममा भएका अनुभव र बसाईको बारेमापनि समिक्षा गरिएको थियो ।
uml2
कार्यक्रममा प्रमुख अतिथी नेता कमलराज श्रेष्ट लगायतका नेताले संबोधन गर्नुभएको थियो । कार्यक्रम पार्टीका कार्यबाहक अध्यक्ष्म मधुकृष्ण पन्तको अध्यक्षता नेता हिरा एसीको स्वागत तथा गणेश श्रीपालीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्तरका पार्टी नेता स्वयसेवामा महत्वपुर्ण सहयोग गर्ने बिभिन्न जनबर्गिय संगठनका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend