logo
  • शनिबार, साउन ३० २०८३

प्रमुख जिल्ला अधिकारी कडेलद्धारा सशस्त्र प्रहरी बलको निरीक्षण तथा अनुगमन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेष्ठ ३२ ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले जिल्लाको उर्लेनीमा रहेको सशस्त्र प्रहरी बलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ । नियमित अनुगमन अन्तर्गत निरीक्षणका क्रममा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी कडेललाई गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीले स्वागत गर्नु भएको थियो ।
13435654_10155102151665620_645578822_n
निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारीले गुल्मको काम कार्वाही एवं समस्याहरुको बारेमा जानकारी लिनुभएको थियोे । साथै सोहि क्रममा समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सशस्त्र प्रहरी बलले खेलेको भुमिका तथा गुल्ममा रहेको खानेपानी समस्याका बारेमा छलफल समेत गरिएको थियो । गुल्ममा पानीको निकै समस्या रहेको छ । लामो समय सम्म पनि पानीको समस्या समाधान हुन नसकेको प्रति गुल्मपती सुवेदीले प्रमुख जिल्ला अधिकारी कडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।
13436086_10155102151410620_647048057_n
गुल्ममा गाडीबाट पानी बोकेर खान थालेको धेरै समय भएको छ । पानीको अभावमा नियमित सरसफाई तथा खाना पकाउन र पिउन निकै समस्या रहेको गुल्मपती सुवेदीले बताउनुभयो । यो बिषयमा आफु गम्भिर भएको बताउँदै प्रमुख जिल्ला अधिकारी कडेलले वडागाउँको दजाकोट, विभिन्न जंगलहरुमा भएको आगोलागी, दुर्घटना तथा अन्य विपद्मा सशस्त्रले पुराएको योगदानको उच्च प्रसंसा गर्नुभएको थियो ।
13444374_10155102151605620_1739519960_n
साथै उद्धार कार्यमा प्रयोग हुने थप सामाग्रीको लागि पहल भैरहेको बारेमा पनि उहाँले गुल्मपती सुवेदीलाई जानकारी गराउनुभएको थियो । निरिक्षण कै क्रममा स्वेछिक अवकास जानु भएका सहायक प्रहरी नायव निरिक्षक जीवनलाल घिमिरेलाई प्रमुख जिल्ला अधिकारी कडेल र गुल्मती सुवेदीले प्रसंशा पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अनुसंन्धान अधिकृत प्रभु मल्लको समेत उपस्थिती रहेको थियो ।
13451038_10155102151745620_985931382_n

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend