logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाजले प्रगतिशील देउसीभैलो खेल्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सास्कृतिक अभियानले यहि आउदो २० अक्टोबरका दिन प्रगतिशील देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गत बर्ष जस्तै यस बर्ष पनि शुभ दिपावलीको अवसरमा कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष लुमाकान्त पुनले बताए । कतारमा स्थापित संघ सस्थाका प्रमुख तथा भातृसंगठनका प्रमुखहरुमा निमन्त्रणाको लागि पत्राचार गरिएको पत्र सम्बन्धित व्यक्तिको हात पर्न नगएको खण्डमा यसै समाचारलाई सुचना/तथा निमन्त्रणाको आधार बनाई कार्यक्रममा उपस्थितिको लागि अपिल गरिएको छ ।

अक्टोबर २० तारिखका दिन कतारको नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा १२ बजे देखि सुरुहुने प्रगतिशील देउसीभैलो कार्यक्रममा कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनी तथा समस्त सुभचिन्तकहरुमा गरिमामय उपस्थितिको लागि अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend