साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज २५ ।
अपाङ्गगताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र गुल्मीलाई दुई संस्थाले आर्थिक सहयोग गरेका छन् । बुधवार जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न एक कार्यक्रममा नौमति बाजा यूके र जिल्ला स्थित ब्याटमिण्टन संघले आर्थिक सहयोग गरेका हुन् ।
अपाङ्गगताको क्षेत्रमा खचिर्ने गरि नौमति बाजा यूकेबाट रु १ लाख ७३ हजार २ सय ६४ रुपायाँ र ब्याटमिण्टन खेल आयोजनाबाट रु ६१ हजार १ सय ११ रुपयाँ, जिल्ला स्थित समाज सेवी तथा व्यापसायी निर्मला केसीबाट रु ५ हजार, चित्रबहादुर डम्मरपालबाट रु ५ हजार रकम केन्द्रलाई सहयोग गरेका हुन् ।
केन्द्रलाई प्राप्त सहयोग रकम रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले हस्तातरण गरेका थिए । आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्न भन्दै जिल्लाका केहि दिन अघि दशैं तिहारको अबसरमा जिल्ला स्तरिय खुल्ला ब्याटमिण्टन प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितबाट उठेको रकम केन्द्रलाई सहयोग गरेका छन् ।
नौमति बाजा समुहबाट हस्तातरण गरेको रकम मध्ये मुसिकोट नगरपालिमा रहेका दृष्टि बिहिनलाई रु ५० हजार दिइने र बाकी आशा अपाङ्ग केन्द्रबाट अपाङ्गगताको क्षेत्रमा खर्चिने गरि रकम हस्तातरण भएको केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले जानकारी दिइन् ।
जिल्लामा आशा अपाङ्ग केन्द्रले बिभिन्न गैर सरकारी संस्था तथा बिभिन्न संस्थाहरुको सहयोगमा प्राप्त रकमबाट अपाङ्गगताको क्षेत्रमा उदारणिय काम गर्दै आएको छ । गुल्मी जिल्लाबाट बिदेशका बिभिन्न देसहरुमा रहेका नेपालीहरुले केन्द्रलाई बिभिन्न खाले सहयोग गर्दै आएका छन् ।
केन्द्रबाट अपाङ्गगता भएका ब्यक्तिहरुको सहयोगार्थ जिविको पार्जन गर्न सक्ने तथा बिभिन्न आयआर्जन गर्न सक्ने गरि सहयोग गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend