साझा नेटवर्क
– के. बी. थापा ।
विभिषण हनुमान जि भन्दा ठुला राम भक्त भए पनि भगवान श्रीरामको सबैभन्दा विश्वसनिय र प्रीय भक्तको नाम लिने बित्तिकै पवन पुत्र हनुमान जिको नाम लिने गरिन्छ । किनकि राम भक्त हुनु मात्र ठूलो कुरा होइन राष्ट्रभक्त हुनु सबै भन्दा महत्वपूर्ण कुरा हो ।
तसर्थ म बामपंथीहरुको विश्व इतिहासमा नजादैं सिधै नेपालबाटै प्रसंग सुरु गरें । विक्रम सम्वत् २००६ कै हाराहारी तिर देखासिकी भनौ या केही नया गर्ने चाह तत्कालिन केही व्यक्तिको व्यक्तिगत स्वार्थ भनौं या महत्वाकांक्षाले नेपालमा भित्राईएको बामपन्थी विचार धाराले विभिन्न उतार चढाव पार गर्दै गरेको नेपाली राजनीतिक अस्थिरता एवं तरलताको गणितिय नाफा नोक्सानको जोड घटाउ गर्दै भरपुर फाइदा लिदै अहिले २०७४ सम्म घर टोल होस या सिंहदरवारको सत्ता सडक या प्रतिपक्षीको रुपमा देखिन पुगेका नेपाली बामपन्थी अर्थात मेकअपकै भरमा आफैलाइ नारिको रुपमा दर्शाउन खोजिरहेका ती तेस्रो लिंगीहरुको बिचमा विभिन्न समय र चरणमा एकताको कुरा उठ्दै र पहल हुँदै नआएका होइनन ।
उक्त लामो इतिहासको कालखण्डमा नेपालि जनताले अन्जानवस भनौ या भ्रममा परेर,बिकल्पको चाहतमा भनौ या त्रासको जिवनबाट वाक्क भएरै होस या चोरकै हातमा चावी दिएपछी चोरि कम होला भन्ने अभिप्रायले जनाधार दिदै यिनै बिचबाट कैयौलाइ नेपाली जनताले सिंहदरवारसम्म पनि नपुर्याएका होइनन ।
तर नेपालको भौगोलिक बनावट र धरातलको बिपरित भनौ या नेपालको भुगोल, माटो र हावाको प्रवाह बिपरित आयातित कमाउ वादले नेपाल र नेपालिको हित र राजधर्म अनि राष्ट्र धर्मलाइ सर्बोच्च स्थानमा राख्ने प्रयास कहिल्यै गर्न सकेनन् । त्यती मात् होईन कोही कसैले यदि यस्ता कार्य गर्न खोजे उनिहरुकै जिवनलिला नै समाप्त पार्ने कैयौ प्रयास गर्दै आफ्नो व्यक्तिगत स्वार्थको लागि राष्ट्रको अश्मितालाई कहिले दक्षिण तिर त कहिले उत्तर तिर सर्लक्कै बुझाउने प्रयास गर्नसम्म पछी परेनन् ।
राष्ट्रिय एकताको प्रतीक सनातन संस्कृतिको रक्षक राजसंस्थालाई समेत षड्यन्त्र पुर्वक हटाउन विदेशीको शाहारा लिने जस्ता अवान्छित् काम गर्न पछी नपरी नेपालको राष्ट्रिय संप्रभुता माथी नंग्रा गाढ्ने अवसर बाह्य तत्वलाई प्रदान गर्न मुख्य भुमिका निभाए ।
राजनितिमा सहकार्य एवं एकता आवश्यक चिज भएपनि सहकार्य या एकता आफ्नो विचार, कार्य शैलि, सिद्धान्त र नितिगत लाइनले नै निर्धारण गर्छ । तर धर्ती आकाशको अन्तर र बेमेल रहेका केही पार्टीको बिचको अहिले आएर एकाएक चर्चाको बिषय बनेको चुनावी सहकार्य र तत्पश्चात हुने भनिएको बाम एकताले नेपालको राजनैतिक परिवेशमा मात्र नभइ नेपाल प्रती चासो राख्ने सबैलाइ चकित मात्र होइन यस बिषयमा सोच्न बाध्य बनाएको छ ।
आखिर जे भएपनी एउटा कुरा किटानका साथ भन्न सकिन्छ कि यो एकता स्वतस्फूर्त या भनौ राष्ट्र र राष्ट्रियतालाई सर्बोपरी ठान्ने उदेश्यले पक्कै भएको होइन तर प्रश्न अब उठ्छ कस्को इसारामा भैरहेको छ त यि सब ? के फेरि सधैं झै दक्षिण कै इसारमा हो ? यदि हो भने बर्सातको मौसममा कमिलाले पखेटा लगाउदै आफ्नो अन्तिम समय आइरहेको संकेत गरे जस्तै हो ।
किनकी उत्तरमा रहेको बामपंथी वाद सायद दक्षिणको लागि सबैभन्दा ठूलो खतरा बन्दै गइरहेको र नेपाल प्रती हरेक प्रकारले आफ्नो प्रभुत्व जमाउन चाहने उत्तरका उत्तराधिकारि दक्षिण प्रती उदार बन्न सक्दैन । यदि हो भने पनि ठुलै रणनीतिकै अनुसार उनकै हतियार उनिहरु माथी नै प्रयोग गर्नको निमित्त यो भएको हुनुपर्छ । अर्को तिर यदि उत्तरकै इसारा या दवाबमा भएको हो भने पनि यो हेर्दा खाइलाग्दो मकैको बोटमा पाक्ने बेला पोंके बाहेक केही हुने छैन ।
यदि उत्तर र दक्षिणलाई मात दिदै सर्लक्कै पारिवाट रिमोट को माध्यम बाट यसो गरिदै छ भने पनि यो हेर्दा अत्यन्तै सुहाउदा बहर बाच्छाहरु तर दुबै दाहिनेलाई हलमा नार्दा दांइ लगाउने होइन मियों नै उखेलेर हिड्ने निस्चित देखिन्छ । तर यो तथाकथित एकताले यी विभिन्न चुनौतीका साथसाथै केही अबसर हरु पनि प्रदान गरेको छ ।
हो जस्को इसारामा भएपनि यो सब अब देशको राजनितिमा सक्कली राष्ट्र राष्टियता एवं सनातन संस्कृतिलाई सर्बोपरी ठान्ने शक्तिहरु र त्यसको बिपरित शक्तिलाइ जनताको माझ चिनाउने काम मात्र होइन पक्षधर शक्तिलाइ एकै केन्द्र बिन्दु राष्ट्रिय एकताको प्रतीक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा एकत्रित भएर आयातित तन्त्रलाइ जरैदेखि समाप्त पार्दै देश र देशवासिलाइ स्थायी शान्ती, निकास र बिकास कायम गर्नको लागि अघि बढेर पहल गर्नको लागि सुनौलो अबसर पनि दिएको छ ।
देशकै सबैभन्दा पुरानो र ठूलो पार्टी र केही हदसम्म माटो र हावापानी सुहाउँदो जस्तो गन्ध आउने ने.का.लाई अब आफ्नो बिचलित मानसिकताबाट घरवापसी गर्दै सम्पुर्ण राष्ट्रवादिहरुको नेतृत्व गर्दै बृहत राष्ट्रवादी शक्ति निर्माण गर्दै आफना स्वर्गीय नेताको मार्गमा हिड्दै राष्ट्र र राष्ट्रियताको मुद्धामा पुन गम्भीर हुँदै सोच्ने अबसर पनि प्रदान गरेको छ ।
अर्कोतर्फ नेपाल आमाका सच्चा पहरेदारहरुलाइ ब्यारेकमा खिया लागेका बन्दुकहरुको खिया सफा गर्दै बाहिर निस्केर राष्ट्र र राष्ट्रियताको रक्षाको जिम्मा लिने सुखद अवसर मात्र दिएको छैन, कि अब यदि नेकाले त्यो पहल गर्दै घरवापसी गर्न चाहन्न भने उसको शरीरबाट आउने नेपाली माटोको गंधलाइ कोशि नदिमा पखाल्दै वनारस तिरै बगाइदिदै देशमा राष्ट्र, राष्ट्रियता र सनातन संस्कृतिको रक्षार्थ देश विदेशमा रहेका जुझारु र राष्ट्रभक्त युवाहरुले बृहत मोर्चा बनाउदै अघि बढेर नेतृत्व लिदै देशलाइ नया बिकल्प दिन सक्ने अबसर पनि यो तथाकथित बाम एकताले दिइ रहेको तथ्यलाइ नकार्न सकिन्न ।
विश्व कै ईतिहास र सभ्यताको एकल केन्द्र एवं बिश्व जगतलाइ नै पुर्विय दर्शनको ज्ञान दिने त्यात्तिस कोटि देवताको बास रहेको पवित्र देवभुमि माथी यदि यसरी नै सुनियोजित तवरले गरिएको उक्त स्वार्थी र फोहोरी खेलबाट देशलाइ समयमै निकास दिन नसक्ने हो भने त्यो नेपाल र नेपालिको लागि मात्र होइन विश्व जगतलाइ नै खतराको संकेत हुने र कलियुगको अन्त्यको सुरुवात यसै घटनाबाट हुने निस्चित छ । जय देश, जय धर्म ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend