logo
  • शनिबार, भाद्र २० २०८३

सृजु अधिकारी र मनिश खड्काको “झिल्के डन” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बाबुराम सिग्देल, जेष्ठ ३२।
आधुनिक एवं लोक गायिका सृजु अधिकारी र मनिश खड्काको संयुक्त आवाजमा बिल्कुलै नयाँ रमाइलो पाराको झिल्के डन नामको एल्बम दोहोरी गितीसंग्रह सार्वजनिक भएको छ ।दर्जनौं एल्बममा आवाज दिइसकेकी गायिका एवं झन्डै तिन चार दर्जन भन्दा बढी म्युजिक भिडियो साथै दुईवटा चलचित्रमा समेत नायिकाको भूमिकामा अभिनय गरेकी सकेकीअधिकारीलाई गायिका साथै नायिका पनी भन्ने गरिन्छ । तर ऐले पछिल्लो समयमा आएर भने उनले म्युजिक भिडियोमा मोडलिङ गर्न छोडेर गायनलाई मात्रै अगाडी बढाउन थालेकी छन् ।

13446096_1191352634230886_1148928343_o

चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा सँगको सहकार्य संयुक्त स्वरमा मायाँमा हाल उजुरी साथै अर्का चर्चित लोक गायक मिलन लामा सँगको सहकार्य मायाँलाई जिन्दावाद लगायत अन्य धेरै गितहरुमा स्वर दिएर चर्चित बनेकी गायिका सृजु अधिकारीले यो पटक भने पछिल्लो एल्बम झिल्के डन चर्चित गायक एवं सर्जक मनीश खड्का सँगको सहकार्यमा संयुक्त स्वर दिएर छुट्टै पाराको रमाइलो गीतिसंग्रह बजारमा सावर्जनिक गरेकी हुन् ।

उक्त्त एल्बम झिल्के डनमा लय, शब्द मानिश खड्काको रहेको छ भने स्वर गायिका सृजु अधिकारी र मानिश खड्काकै रहेको छ । त्यस्तै भिडियो तर्फ चर्चित मोडल रिना थापा मगर, रश्मी, लगायत मनीश, बिशालले निक्कै रमाइलो चटपटे पारामा अभिनय गरेका छन् । निर्देशन बब्बु थापाले गरेका छन् छायांकनमा दुर्गा पौडेल त्यस्तै सम्पादन मिलन बि.क ले गरेका छन् ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend