logo
  • शनिबार, भाद्र २० २०८३

मगर संघ कतारले कलाकार सिता थापा मगरलाई बिदाई गर्‍यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिजय कुमार मगर, कतार ।
मिति २०१७ अक्टोबर ६ तारिख शुक्रबारका दिन नेपाल मगर संघ, शाखा कतारले आफ्नो मातहत रहेको महिला बिभागकी निवर्तमान सदस्य तथा कलाकार सीता थापा मगरलाई बिदाई गरेको छ । कलाकार मगर कर्मभुमी कतारको बसाइँलाइ बिट मार्दै नेपाल फर्कन लागेकी हुदा संघले दोहाको मुन्ताजा पार्कमा कार्यक्रमको आयोजना गरि स-सम्मान बिदाई गरेको हो।
बिदाई कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी स्वयम् सीता थापा मगर रहेकी थिईन । विशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर अतिथिहरुमा सल्लाहकारहरु भिम तरामु मगर, डि एन मगर , नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समितिका सदस्य दिल मरसाङी मगर र मगर संघ कतारका निवर्तमान सचिव रबिन थापा मगर रहेका थिए।
कार्यक्रममा प्रथम उपाध्यक्ष अभिमत पून मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए ।

कार्यक्रममा उपस्तिथि रहेका सम्पुर्ण मगर संघ शाखा परिवारले सीता थापालाइ खादा ओडाएर सम्मान गरेका थिए । संघको तर्फबाट कदर पत्र र मायाको चिनो विशेष अतिथि तथा सभापतिबाट प्रदान गरिएको थियो । साथै कला तथा सास्कृती बिभागको तर्फबाट मायाको चिनो कला तथा सास्कृतिक बिभागका संयोजक भुपेन्द्र रिखाम मगरबाट प्रदान गरेका थिए ।

मन्तव्य राख्दै विशेष अथिती तथा बर्तमान प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले उहाँले संस्थामा गरेका योगदानको चर्चा गर्दै उहाँको उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गरे ।

बिदाई हुदै गरेकी निवर्तमान महिला बिभाग सदस्य सीता थापा मगरलेव मगर संघ कतारले दिएको सम्मानका निम्ति र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आफू जहाँ रहे पनि मगर संघ कतारले दिएको सम्मान नबिर्सने बताइन् । साथै मगर संघ कतारलाई आफुले आफ्नो कलाको माध्यमबाट गर्न सक्ने सहयोगका लागि कहिले पछि नहट्ने प्रतिबद्धता गरेकी थिइन् ।

अन्तमा कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले मगर संघ कतारले आफ्नो सदस्यलाई बिदाई गर्नु पर्दा दुखी भएको साथै उहाँको उज्ज्वल भबिस्यको कामना र यात्रा सफलताको शुभकामना गर्दौ उपस्तिथि भएका सम्पुर्णलाई धन्यवाद दिएर कार्यक्रम सामापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend