साझा नेटवर्क
राजन लामा, दोहा ।
पाथेका कन्चन बचत समूह दोहा कतारले विगतमा झैँ त्यो साल पनि दशैँ मिलन तथा बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । समुहका अध्यक्ष मिलन राईको सभापतित्वमा सम्पन्न सन् २०१७ सेप्टेम्बर २९ तारिकको दिन कतारको अलखोर जंगल जोन स्थित सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति मेरुंग कृषि सहकारीका महासचिब किरण गिरी रहेका थिए भने विशेष अथितीमा युवा समाजसेवी टंक भुजेल र नवप्रतिभा सास्कृतिक समुहका अध्यक्ष सत्यनारायण चौधरी रहेका थिए ।
त्यस्तै अथितिहरुमा नबोदित साहित्यिक वाचनालयका अध्यक्ष लेख कार्की, अन्तरास्ट्रिय साहित्य समाज कतार च्याप्टरका अध्यक्ष श्यामराज रानाभाट , सफल व्यवसायिक व्यक्तित्वहरु शिबकुमार राउत , भलाकाजी राई , महेशकुमार बस्नेत साथै कन्चन बचत समुहका प्रमुख सल्लाहकार केदार बानिया , बरिष्ट सल्लाहकार सिबकुमार राई लगायत धेरै शुभचिन्तक दाजुभाई दिदी बहिनिहरुको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन संगै उत्घाटन गरिएको उक्त कार्यक्रममा कतारको जंगल छेउ नेपाली रास्ट्रिय गान घन्केको थियो । प्रमुख सल्लाहकार केदार बानियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य दिएका थिए । दुई भागमा बाडिएको उक्त कार्यक्रममा औपचारिक कार्यक्रम समुहका सचिव जीवन गुरुङले संचालन गरेका थिए भने अनौपचारिक नाचगान कार्यक्रम समुहका सहसचिव तथा कार्यक्रम संयोजक समेत रहेका जित बहादुर भारतीले संचालन गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण अथितिहरु, बिशेस अथिति तथा प्रमुख अथितिले शुभकामना मन्तब्य मार्फत हामी संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो सस्कृति परम्परा लाई बिर्सनु हुदैन , जुनसुकै जात धर्म र समुदायबाट आएपनि एकले अर्कोलाई सम्मान गर्दै सदा एकताको भावना बिकाश गर्दै लैजानुमा जोड दिदै पाथेका कन्चन बचत समूहको उन्नति र प्रगतिको कामना गरेका थिए ।
सभापति मिलन राईले सस्थाको गतिबिधि र प्रगतिको चर्चा गर्दै कन्चन बचत समूह एउटा सिर्फ बचत समूह मात्रै नरहेर यसभित्र एउटा छुट्टै उद्दार कोष खडा गरि आपत बिपत र भैपरी आउने थुप्रै समस्या समाधानमा भूमिका खेलेको उल्लेख गर्दै हाम्रो समूह साच्ची नै नाम जस्तै कन्चन , पबित्र पारदर्शिता रहेकोले सम्पूर्णमा बचत गर्न आब्हान गर्दै औपचारिक् कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend