साझा नेटवर्क
नवराज वि.क., कतार ।
तनहु सेवा समाज कतारको दशौ साधारणसभा सहित विजयादशमी तथा दिपावली,छट पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सनैया स्थित रोटना होटलमा भब्यताका साथ सम्पन्न भएको छ । नेपाली दुताबासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा सस्थाका अध्यक्ष पदम बहादुर वि.क को सभापतित्व रहेको थियो ।
कार्यक्रममा बिशेष अतिथीहरुमा गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार टि.बि,कार्की गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका कार्यबाहक अध्यक्ष शुर्दसन भट्ट, गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्स सल्लाहकार मुक्तदा मुसलमान प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष रामहरी गैह्रे पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रशाद बन्जाडे जनसम्पर्क समिती कतारका केन्द्रिय सदस्य राम सुयल, तराई मधेस मञ्च कतारका अध्यक्ष हुसेन खान जनप्रगतिशिल मंञ्च कतारका प्रतिनिधि मोहन कार्की जनप्रगतिशिल मोर्चाका प्रतिनिधि रेशम पौडेल नयाँ शक्ति कतारका प्रतिनिधि तानविर आलम सघिंय समाजबादी कतारका सहअध्यक्ष हिराधन राई,समाजसेबी केबी हमाल ,कृष्ण बराल,ईश्वर काफ्ले लगायत विभिन्न समाजिक संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
समाजको दशौ अधिबेशन बाट अध्यक्षमा केश बहादुर गुर्मछान मगरको नेत्तृत्वमा सर्बसहमतिमा नबगठित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष नारायण ढुङ्गना,द्धितिय उपाध्यक्ष मिनराज वि.क तृतिय उपाध्यक्ष मन कुमार श्रेष्ठ महासचिब पदम गिरी सचिब सङ्गम पाण्डे कोषाध्यक्ष गणेश क्षेत्री सहकोषाध्यक्ष पदम बा.रानाभाट सदस्यहरुमा नन्दसिंह थापा, बद्रि बगाले,विकाश भुजेल,मधुराम पौडेल,रुप बहादुर वि.क सुनिल नेपाली,गोबिन्द प्रशाद सुबेदी चयन भएका छन् ।
औपचारिक कार्यक्रमको सञ्चालन बलराम गैह्रे गरेका थिए । अतिथीहरु लाई स्वागत मन्तब्य रेशम तामाङ्ग ले गरेका थिए भने तनहँु जिल्लाको पृष्ठभुमी र सस्थाको बारेमा नबराज वि.क ले प्रष्ट पार्दै प्रवारमा समाजको आवश्यकता लाई उत्जागरण गरेका थिए ।
विशेष अतिथी टि.बी कार्काीले तनहँु समाजको प्रशंसा गर्दै आशन्न एनआरएनको आठौ विश्व सम्मेलनमा मध्यपुर्वको एकता र सहकार्यता लाई जोड दिदै सहमतिको लागी मध्यपुर्वको प्रतिनिधित्व गर्दै आफु अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
प्रमुख अतिथी नरेद्र ज्ञवाली ले श्रमिकहरुको हितमा दुतावास सक्रिय रुपमा लागी परेको बताउदै कतारमा स्थापित सामाजिक संघसस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै श्रमिक नेपालीहरुका समस्या पहिचान गरी समाधान गर्नमा सामाजिक सस्था बाट सहयोग मिलेको भन्दै तनहु सेवा समाजले गरेका हरेका कार्यहरु सबैका लागी प्रेरणाको स्रोत भएको बताए ।
कार्यक्रममा सस्था लाई महत्वपुर्ण सहयोग गर्नेहुने करिमबख्स मियाँ रामहरी गैह्रे धन बहादुर परियार निमलाल कुमाल मुनाफ मियाँ तोयानाथ पौडेल रितकुमार श्रेष्ठ श्रीराम मल्ल लगायत कलाकार एवम् सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम अवधिभर विभिन्न समयहरुमा कलाकारहरुले विविध सांस्कृति प्रस्तुति सहित मनोरञ्जनात्मक बनाउदै थप उर्जा थपेका थिए ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend