logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल अाईडलको टिम सहित कलाकार तथा अतिथि सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिष्णु अधिकारी, कतार ।
नेपाल आइडल ग्राण्ड फिनालेका लागि कतार आएको टिम सहित कलाकार तथा अतिथिहरु सम्मानित भएका छन । कार्यक्रममा एभरेष्ट नेपाल युथ एसोसिएसनका अध्यक्ष उत्तम गुरुङ सभापति तथा बहुचर्चित कलाकार (महजोडि) मदनकृष्ण श्रेष्ठ र हरिबंस अाचार्य प्रमुख अतिथि रहेका थिए ।
एभरेष्ट नेपाल युथ एसोसिएसनका महासचिव बलहरि रानाको सञ्चालन रहेको उक्त कार्यक्रममा ग्राण्ड फिनाले अायोजक तथा समाजसेवि प्रबिण गुरुङ, नेपाल अाइडलका निर्देशक लक्षमण पौडेल, नेपाल अाइड ग्राण्ड फिनाले प्रमुख सल्लाहकार सागर नेपाल, सल्लाहाकार बिल गुरुङ, नेपाल अाइडलका कार्यक्रम सञ्चालक सुशील नेपाल, नेपाल अाइडलका प्रमुख क्यामरा मेन शिवराम श्रेष्ठ, हास्यकलाकार हरिबंस अार्चयकि धर्मपत्नि रमिला अाचार्य थापा लगायत विशेष अथिति रहेका थिए ।
कार्यक्रममा समाजसेवि र पत्रकारको उपस्थितिमा गरिएको बिदाई तथा सम्मान कार्यक्रममा अायोजक प्रविण गुरुङ, प्रमुख सल्लाहाकार सागर नेपाल र अाइडल निर्देशक लक्षमण पौडेलले अाफ्नो मन्तबय राख्दै नेपाल अाईडललाई सभ्य र भब्य रुपमा सफल बानाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद दिदै नेपालको एउटा ऐतिहासिक कार्यक्रम नेपाल अाईडल बनेको दावि गर्नुभयो ।
कार्यक्रमा क्रमस ,नेपल अाइडलका १२ प्रतिस्प्रधी ,जजेज, उद्घघोषक लगायत ,मह जोडि ,नारद खतिवडा , हेमन्त राना , नलिना चित्रकार , तेरिया मगर, सम्पुर्ण प्राबिधिक समूह र अाइडलका निर्देशकलाई एभरेष्ट नेपाल युथ एसोसिएसनले भब्यताका साथ बेष्ट वेष्टन होटलमा सम्मान तथा बिदाइ गरेको छ ।
साथमा मगर संघ कतार , कास्की अादर्श सेवा समाज कतार, तमु प्येलु संघ कतार र तामाङ समाज कतारले पनि सोही अबसर मा सम्मान गरेका छन भने सोही बिदाई तथा सम्मान कार्यक्रममा मगर संघ कतार ले चौथो स्थानमा परेका सागर अालेलाई नेपाली रु ६००००००(साठी लाख)को चेक समेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend