logo
  • शनिबार, भाद्र २० २०८३

नेपालको पहिलो आइडल बने बुद्ध लामा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा, दोहा ।
नेपाल आइडल ग्राण्ड फिनाले कतारको सनैया स्थित एसियन टाउनको एम्पिथिएटरमा शुक्रवार सम्पन्न भएको छ।अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँ बजारका बुद्ध लामाले पहिलो नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन्। तीन जना उत्कृष्ट विजेताको छनोटका लागि विभिन्न सन्चार मध्यमबाट ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो।

उक्त मध्ये बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडलको प्रतिष्ठाको बिजेताको उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी जित सँगै उनले २० लाख रुपैयाँ, महेन्द्र केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् ।

बुद्धलाई हास्य कलाकार हरि बंश आचार्य मदनकृष्ण श्रेष्ठ (महजोडी) ले पुरस्कार प्रदान गरेका थिए । उक्त कार्यक्रम एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमश फस्ट र सेकेन्ड रनरअप घोषित भएका हुन।

निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट प्राप्त गरेका थिए । फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।

विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार आएका थिए। आइडलमा जजको रुपमा न्यु बज्राचार्य, काली प्रसाद बास्कोटा, ईन्दिरा जोशी रहनु भएको थियो। हास्यकलाकार नारद खतिवडा, तेरिया मगर डान्सर, गायक हेमन्त रानाले आ-आफ्नो पस्तुति दिएका थिए । टप १२ मा पर्न सफल भएका प्रतियोगिहरुले आ-आफनो पस्तुति राखेका  थिए ।

क्रमस : मेनुका पौडेल काले दाइ काले दाइले लगाएको कालो स्स्ट्कोट, नलिना चित्रकार चाईदैन हिरा मोति बाच्न पाए हुन्थियो, सुरज थापा, सुजाता पाण्डे, प्रमिला राई, उन्जन केन्जल श्रेष्ठ मलाई तिम्रो आखामा तिम्रो यदमा श्रेष्ठ, सागर आले गुराँस फुल्यो बनैमा माया पुरानो अब झुटो नबनेर माया साटेको को हो गुराँस फुल्यु तिम्रो मनैमा ओई झुमा ओई झुमा झुम्का वाली, गीतको बोलले दर्शकलाई उत्साहित बनाएका थिए।

उक्त कार्यक्रम तस्बिरहरु  हेनुहोस।  

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend