logo
  • शनिबार, भाद्र २० २०८३

जनसम्पर्क समिति कतारद्वारा बाढीपिढितलाइ सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति कतारले तराइका बाढीपिडितहरुको सहयोगार्थ एक लाख रुपैया पार्टीको बाढीपिढित सहयोग कोषमा पठाएको छ ।

त्यो बाहेक बाढी पिढितकै लागि एनआरएनए र अन्य संघसंस्थाले संकलन गरेको अभियानलाइ पनि आर्थिक सहयोग गरेको जानकारी महामन्त्री अजिज अलिले दिएका छन ।

तराइ लगायत देशका विभिन्न भागमा गएको बाढीले पुर्याएको धन जनको क्षतिलाई लक्षित गरि नेपाली कांग्रेस पार्टीले बाढीपिढित सहयोग कोष खडा गरि सबै जिल्ला कमिटि लगायत भात्रि संगठनहरुलाई पत्राचार गरि सहयोग गर्न निर्देशन दिएको थियो ।

त्यहि निर्देशन अनुरुप संगठन भित्र र केहि सामाजिक अभियान्ताहरुबाट संकलित सहयोग रकम खातामा पठाएको महामन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend