साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
“प्रवासमा नेपाली कलाकार एक हौ नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मुल नाराका साथ कतारमा सन २०१५ मा स्थापित बसन्त फिल्म्स प्रालिद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । विश्वकर्मा सेवा समाज कतारको आयोजनामा तेश्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम २०१७का लागि कतार आएका कलाकारहरु राजन भुजेल विश्वकर्मा र सुजन बराइली सम्मानित भएका हुन ।
दोहाको मुग्लिना स्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा आयोजित सम्मान कार्यक्रममा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक ईश्वर काफ्लेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्यटा रहेको थियो । फिल्मसका प्रमुख व्यवस्थापक शरद कुमार पाण्डेको स्वागत मन्तब्य तथा सचिव अबु अलिको सञ्चालन रहेको कार्यक्रममा सस्थाको पृष्ठ भूमिको बारेमा केन्द्रिय सदस्य तिलु शर्मा पौडेलले स्पष्ट पारेका थिए ।
कार्यक्रममा फिल्मसका प्रमुख सल्लाहकार माया केसी, कलाकारद्वय राजन भुजेल विश्वकर्मा र सुजन बराइली, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, बाके प्रवासी सेवा समाज कतारका महासचिव श्याम कुमार डी.सी., विस्वकर्मा सेवा समाजका महासचिव कृष्ण गदाल, अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष ठाकुर कुमार परिवार, लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ, मोना कतारका सस्थापक अध्यक्ष प्रेम रसाइली, अध्यक्ष रमेश पौडेल, तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय सचिव रेशम शाही, समाजसेवी कृष्ण बराल गोरखा सेवा समाजका अध्यक्ष राकेश श्रेष्ठ सामाजिक व्यक्तित्व करिम बक्स मिया, फेवा साँस्कृतिकका सयोजक विक्की बिक लगायतका व्यक्तित्वहरु विशेष अतिथि रहेका थिए ।
साथै गित सङ्गीतलाई माया गर्नेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा बोल्ने अधिकांश वक्ताहरुले बसन्त फिल्मसको खुलेर चर्चा तथा प्रसंशा गर्दै कलाकार राष्ट्रको गहना भएको हुदा कहिले पनि कहिँ पनि बिचलित नभई सधै कलाकारीता पेशामा लाग्न अनुरोध गर्दै साँगितिक तथा व्यक्तिगत जिबनको यात्रामा सफलताको शुभकामना दिएका थिए ।
दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरिएको उक्त कार्यक्रम मार्फत सम्मानित कलाकार भुजेलले आफनो मन्तव्यको क्रममा आफुले बसन्त फिल्म्सको नाम निरन्तर सुनी रहे पनि वास्तविकता कतार आएपछी मात्र बुझेको र यो आफनो लागि एक सपना जस्तो साबित भएको भन्दै बसन्त फिल्म्स प्रालिको टिम प्रति हार्दिक आभार प्रकट गरे ।
त्यस्तै अर्का गायक बराइलीले बसन्त झट्ट नाम सुन्दा अरुकोही व्यक्तिको हो कि झैँ भन्ने मनमा चिसो पसेको तर वास्तविकता बुझ्दा आफनो भ्रम हटेको र आफु पनि कतारमा मजदुरी पेशा गर्न आए पनि कलाकारिताको नशाले तानेपछी स्वदेश नै फर्केर यहि साँगितिक क्षेत्रमा लागि रहेको फल आज आफुले पाएको महसुस गरेको अनुभव सुनाए ।
उहाले बसन्त फिल्मलाई आफुले कहिल्यै पनि भुल्न नसक्ने भन्दै जहाँ गए पनि यस सस्थाको नाम लिन नहिच्किचाउने प्रतिवद्धता जनाएका थिए । मन्तव्यकै क्रममा प्रमुख अतिथि पोखरेलले बसन्त फिल्मस संग आफनो पुरानो सहकार्य नै रहेको बिचमा विविध कारणले केहि दुरी बढेपनि अबका दिनमा सामिप्यतामा रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बसन्त फिल्मस् प्रा.ली.ले अहिले सम्म ९९ जना कलाकारलाई सम्मान गरि सकेको छ । साथै फिल्म्स् कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा पनि अग्रपङ्क्तिमा रहदै आएको छ । कतारमा बिभिन्न समयमा आयोजना हुने बिबिध सास्कृतिक कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।
कार्यक्रमको समापन गर्दै सभापति काफ्लेले यो सम्मान कायक्रम तपाईहरु बिना केही नरहने हुदा उपस्थित सबैले गरेको र तपाईहरुले गरेको सम्मान हो तपाईहरु बिना बसन्तको अस्तित्व नहुने हुदा उपस्थित सबै लगायत बिस्वकर्मा समाज कतारलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend