साझा नेटवर्क
टेक राज थापा, दोहा ।
रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँचीका एक जनाको सडक दुर्घटनामा परि मृत्यु भएको हो ।
सितगङ्गा गाउँपालीका वडा नं 4 पोकेडाडा निवासी बर्ष 27 का मधु घर्ति क्षेत्रीको सडक दुर्घटना परि गत बिहीबार 31 अगस्ट 2017 का दिन साझा समाल रोड स्थित यात्राको क्रममा दुर्घटना परि उपचारको क्रममा मृत्युु भएको हो। उनी बिगत 3/4 बर्ष देखि कतारको एक कम्पनीमा कार्यरत थिए । उनको घरमा श्रीमती र 1 छोरा रहेको उनका आफन्त राजु कुँवर बताए ।
क्षेत्रीको निधनले अर्घाखाँची सेवा समाज कतार परिवार मर्माहत हुदै दुख ब्यक्त गरेको छ। निधनको खबर प्रति सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष् ठाकुर परियार बताएका छन । समाजले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरेको छ। कम्पनीमा कार्यरत मृतका आफन्तले दिएको जानकारी अनुसार क्षेत्री 7 महीना अघि घर बिदामा गैइ फर्केका थिए ।
मृतक क्षेत्रीको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । कम्पनीले सम्पुर्ण कागजिय प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउन अन्तिम तयारीमा रहेको र यहि 17 सेप्टेम्बर 2017 को दिन Qatar airways को फलाइटबाट बिहान 8:25 AM डेड्बोडीलाई नेपाल लैजाने कम्पनीमा कार्यत राजु कुँवरले बताएका छन् ।
क्षेत्रीको घरमा श्रीमति र ५ बर्षको छोरा रहेको छन । मृतकका आफन्त पर्ने भान्जा राजु कुँवरले साझा नेटवर्कलाई जानकारी दिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend