साझा नेटवर्क
सिताराम थापा,दोहा ।
४५ औ पुन्य तिथिको अबसर पारेर लम्जुङ सेवा समाज कतारले स्व डा. डिना वाङ्देलको स्मरणमा श्रदान्जली सभाको कायक्रम सम्पन्न गरेको छ ।
बिगत केही बर्स देखि कतारको प्रतिष्ठित शैक्षिक सस्था ” भर्जिनिया कमन वल्थ युनिभर्सिटि ” को कला बिभाग प्रमुखको रुपमा कार्यरत डा. वाङदेल बरिस्ट साहित्यकार एबम सस्कृतविद स्व. लैन सिङ वाङ्देल कि सुपुत्री हुन। गत जुलाइ २५ तारिकका दिन नाकको उपचारको क्रममा अमेरिकाको हस्पिटलमा ५४ बर्षको उमेरमा उपचारको क्रममा असामयिक निधन भएको थियो ।
सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठको सभापतित्वमा सन्चालन भएको श्रदान्जली सभामा सस्थाका पदाधिकारी, स्वर्गिय डा. वाङ्देलका आफन्तजन तथा अन्य शुभ चिन्तकहरुको उपस्थिती थियो ।कार्यक्रममा उपस्थित सबै लाई स्वागत गर्दै सस्थाका कोसाध्क्ष्य बिनोद बसौलाले लम्जुङ सेवा समाज कतार र स्व. डा. वाङ्देल बिचको सम्बन्ध तथा लम्जुङेहरु प्रती उहाले देखाउनु भएको सद्भाव र मायाको बारेमा चर्चा गर्नु भएको थियो साथै उहाँले गत जनबरी महिनामा एनआरएनए कतारको समन्वय र भिसियु कतारको आयोजनामा आयोजित कतार नेपाल भिजुअल आर्ट कार्यक्रममा नेपाल बाट आमन्त्रित लम्जुङे चित्रकार हितमान गुरुङको उपस्थितिले डा. वाङ्देल र लम्जुङ समाज कतारको सम्बन्ध अझ प्रगाढ भएको कुरा लाई स्मरण गराउनु भयो ।
त्यस्तै शोक मन्तव्य राख्ने क्रममा डा. वाङ्देलका आफन्त तथा सहयात्री डा. देब काजी डङगोलले उहाँको मृत आत्मको चिरशान्ति को कामना ब्यक्त गर्नु भयो । भावुक हुँदै डा. डङोल ले डा. डिनाको मृत्यु हामी सबैलाई मृत्यु नभइ केबल कोमामा रहेको जस्तो र कुनै बेला फेरि फर्केर आउन सक्ने भ्रम भइरहेको बताउनु भयो । त्यस्तै शोक मन्तब्यकै क्रममा अर्का सहयात्री एबम आफन्त सुजेन्द्र श्रेष्ठले डा. डिनाको ब्यक्तिगत जिवनी र उहाँले नेपाली कला र सस्कृतीको जगेर्ना गर्न खेल्नु भएको भुमिका बारेमा चर्चा गर्दै उहाको निधनले नेपाली समाजलाई ठुलो क्षति पुगेको कुरा ब्यक्त गर्नु भयो । सस्थाका संरक्षक पुर्ण पोखरिया र सल्लाहकार कृष्ण बराल तथा प्रबासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेलले पनि शोक मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा शोकमा डुबेका डा. डिनाका श्रीमान डा. बिभाकर शाक्यले उनको सम्झनामा लेख्नु भएको कबिता “Gone too soon ” को भिडियो क्लिप र उहाँका जिवनी सहितको अन्तर्बार्ता को भिडियोलाई प्रोजेक्टर बाट देखाइएको थियो । एक जना कला क्षेत्रको ब्यक्तित्वलाई गुमाउदै गर्दा उहाँको चित्रकला सम्बन्धि अधुरा सपना लाई पूरा गर्नको लागि हामी कसै न कसै ले जिम्मेवारी पुर्ण दायित्व लिनु आबस्यक छ भन्ने अभिप्रायले बिगत १५ बर्ष देखि दोहामा गुमनाम हुँदै चित्रकारिता गर्दै आउनु भएका मोरङ उर्लाबारी १ निवासी मन बहादुर सुब्बा लाई उहाँको उत्कृष्ट चित्रहरु सहित सार्बजनिक गरिएको थियो ।
उहाले कोर्नु भएका उत्कृष्ट चित्र र उहाँको चित्रकारिताको उच्च मुल्यन्कन गर्दै उहालाइ सस्थाले सम्मान पत्र प्रदान गरेको थियो । छोटो समयमा सुब्बा ले तयार गर्नु भएको स्व डा.डिना को स्केच फोटो समेत प्रदर्सन गर्दै उक्त फोटो उहाँको परिवारको हात सम्म पुरयाउन आफन्तलाई हस्तान्तरण गरिएको थियो ।
सस्थाका महासचिब सिताराम थापाले सन्चालन गर्नु भएको दोहाको टपफर्म को सभाहलमा सम्पन्न श्रदान्जली सभाको कार्यक्रम बिदाको दिन नपरेको बाध्यात्मक परिस्थितीले गर्दा उपस्थिति संख्या अपेक्षकृत हुन सकेको थिएन तथापी रास्टिय गौरब र सामाजिक दायित्व बोकेर हिड्ने प्रतिस्ठित ब्यक्तीहरुको सम्मान केबल जिवित हुदा मात्र नभई मृत्यु पश्चात् पनि उत्तिकै हुनु जरुरी भने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend