साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
बसन्त फिल्मस् प्रा.ली. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन् । सुदुर पश्चिम सेवा समाज कतारले आयोजना गरेको दोश्रो वार्षिकोत्सव तथा गौरा विशेष सास्कृँतिक कार्यक्रम २०१७ का लागि कतार आएका कलाकारहरु सम्मानित भएका हुन ।
कार्यक्रममा लोक तथा दोहोरी गायिका चन्दा अर्याल, देउडा गायक टंक तिमिल्सीना, उद्घोषिका एवम लोक तथा देउडा गायिका अनिता चलाउने, लोक तथा देउडा गायक दिलेन्द्र जोशी र आधुनिक गायक तथा र्यापर बादल थापालाई एक कार्यक्रमका बीच दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।
त्यस्तै नेपाली महिला समाज कतारको आयोजनामा २५ अगष्ट २०१७का दिन हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारी नेपालमा रहेका विपन्न चेपाङ बालबालिकाहरुको जीवनस्तर उत्थान गर्ने उद्देश्यका साथ आयोजित “रमाइलो तीज कार्यक्रम २०७४”मा भाग लिन कतार आएका राष्ट्रिय कलाकारहरुलाई एयरपोर्ट पुगेर सम्मान गरेको थियो । एयरपोर्टमा पुगेको बसन्त फिल्मसको टिमले पप तथा आधुनिक गायिका अमृता लिम्बु र चर्चित नायिका तथा नृत्यङ्गना प्रमिला खनाललाई सम्मान गरेको हो ।
गत शनिवार दोहाको वेलकम डाइन रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रम बसन्त फिल्मस् प्रा.ली.का प्रबन्ध निर्देशक ईश्वर काफ्लेको सभापतित्व तथा समाजसेवी तथा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
तेस्तै कार्यक्रममा गुल्मी सेवा समाजका उपाध्यक्ष झबिन्द्र आचार्य, फेवा सास्कृतिक परिवारका अध्यक्ष तथा सामाजसेवी बिक्की विक, लमजुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, पाल्पाली सेवा समाजका सचिव रामलाल खाती, सुदूरपश्चिम सेवा समाजका सल्लाहकार प्रेम चलाउने लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सस्थाका सचिव अबुअलिले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । त्यस्तै कार्यक्रममा रामलाल खाती, झविन्द्र आचार्य, दिलेन्द्र जोसी, चन्दा अर्याल, टंक तिमिल्सिना लगायतले बोलेका थिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले कलाकारलाई राष्ट्रका गहना मात्र नभनेर देशको एउटा प्रमुख अङ्गको रुपमा लिनु पर्ने बताउँदै राष्ट्र निर्माणमा कलाकारको भुमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा बोल्दै कलाकारहरुले बसन्त फिल्मस् प्रा.ली.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै बसन्त फिल्मस् प्रा.ली. कतार टिम प्रति आभार प्रकट गरे ।
कार्यक्रममा बसन्त फिल्मस् प्रा.ली. कतारकी प्रमुख सल्लाकार माया केसी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको युवा संयोजकमा निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँलाई सफल कार्यकालको शुभकामना सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
बसन्त फिल्मस् प्रा.ली.ले अहिले सम्म ९७ जना कलाकारलाई सम्मान गरि सकेको छ । साथै फिल्म्स् कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा पनि अग्रपङ्क्तिमा रहदै आएको छ । कतारमा बिभिन्न समयमा आयोजना हुने बिबिध सास्कृतिक कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।
फिल्मसका प्रबन्धक निर्देशक तथा कार्यक्रमका सभापति काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी बढ्ने कुरा बताए । कार्यक्रम फिल्मसका महासचिव मोहन शाहको सन्चालनमा सम्पन्न भएको थियो ।
स्मरण रहोस : बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।







© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend