साझा नेटवर्क
साझा नेटवर्क संवाददाता कतार ।
कतारमा रहेको रोल्पालीहरु साझा सस्था रोल्पा जलजला सेवा समाज कतारको मासिक बैठक समाजका अध्यक्ष श्री शिव बहादुर बुढाथोकीको अध्यक्षतामा दोहाको देवार अल्कुदुप पठानी पार्कमा सम्पन्न भएकोछ।
उक्त बैठकमा समाजका कार्यसमिति पदाधिकारी,सल्लाहकार, बुद्धिजीवी,समाजसेवि तथा रोल्पाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थितिमा रहेको बैठक संचालन समाजका महासचिव देबराज पुनले गर्नु भएको थियो।
उक्त बैठकबाट रोल्पा साबिक को सिर्प गाबीस बाट टेक बहादुर खड्कालाई कार्यसमिति सदस्यमा थप गरेको छ। भने समाजले आउदै गरेको नेपालीहरुको महान चाडपर्व बडा दसै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम रहने निर्णय समेत गरेको छ।
समाजले प्रवास आइपर्ने समस्यालाई सक्दो सहयोग सल्लाह सुझाव अनि नेपाल बाट वैदेशिक रोजगारमा आउनुहुने दाजुभाइ दिदिबहिनीहरुलाइ पनि यहाँको गतिविधि बारेमा चेतनामूलक संदेश तथा आपतकालीन समयमा सहयोग गर्दै आइरहेको छ। कुनै पनि आपतकालीन आइपरेको समस्या समाजलाई जानकारी भैसकेपछि समाजले त्यो समस्यालाई सक्दो समाधान गर्दै आइरहेको छ।
हाल केही हप्ता अगाडि रोल्पा साबिकको तालाबाङका टिकचन घर्ती वैदेशिक रोजगारको सिलसिलामा कतार आइपुगिसकेपाछी आफुले भने अनुसारको काम दाम नभएको र कम्पनी ले पनि भने अनुसार नदिएको भन्दै काम नदिपछी आफू आएको वरिएन म्यानपावर ओभर्सिज प्रालीका एजेन्ड रमेश बिक प्रमुख भिम कोइराला मार्फत कतारको अरब युनाइटेड कन्ट्रकसन कम्पनीमा आएका थिए ।
उक्त कम्पनीमा आएको ९ दिन बितिसक्दा पनि कुनै व्यवस्तित नभएपछि समस्याको समाधानको लागि समाजलाई जानकारी गराएका थिए। सो जानकारी संगै अरब युनाइटेड कन्ट्रकसन कम्पनीका म्यानेजर महम्मद नबिल म्याजिद संग कुरा बुझ्दा कम्पनीले गल्ती नरहेको माग गरे अनुसारको कामदार नभएको भन्दै भने अनुसारको तलब र सेवा सुबिधा नदिने भनेपछि घर्ती नेपाल फिर्ता हुने बताएका थिए।
म्यानेजरले नेपाल छिटै फर्किन आदेस दिएपछि भोलिको दिन टिकट काटेर जा भनेपछि घर्तीलाई ठुलो समस्यामा परेका थिए। समाजले पनि नेपालमा रहेको म्यानपावरलाई बारम्बार सम्पर्क गरेर उद्धारको लागि जति अपिल गरेपनि नसुनेपछी अन्तिममा समाजले घर्तीलाई नेपाल फिर्ताको लागि टिकट व्यस्था संगै समाजका अध्यक्ष शिव बुढाथोकी सल्लाहकार संयोजक बसन्त थापा द्वारा टिकट हस्तान्तरण गर्दै बैठक समापन गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend