logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सदरमुकामका पसल तथा होटलमा अनुगमन : विभिन्न सामाग्री बरामद


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेष्ठ  ३०।
जिल्ला प्रसासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासका विभिन्न होटल तथा किराना पसलहरुको अनुगमन गरेको छ । नियमित अनुगमनकै क्रममा आज सदरमुकामका २२ वटा होटल तथा किराना पसलको अनुगमन गरेको जिल्ला प्रसासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रसासन कार्यालय गुल्मीका प्रसासकीय अधिकृत भत्तिराम मरासिनीको नेतृत्वमा पत्रकार महासंघको तर्फबाट घनश्याम गौतम, उपभोक्ता मञ्चका टोप बहादुर खत्री, उद्योग बाणिज्य संघका इश्वरी बेलबासे लगायतको टोलीले बजार अनुगमन गरेको छ ।

अनुगमनको क्रममा केहि किराना किराना पसलहरुबाट ५ हजार मुल्यका चियापत्ती, बेसार, बेसन तथा प्याकेट समसा बरामद गरी नष्ट गर्ने प्रक्रियामा रहेको अधिकृत मरासिनीले बताउनुभयो । साथै उहाँले यो अवस्था नदोहोराउन आग्रह गर्दै यदि यस्तो अवस्था आएमा कानुनी काबार्हि गरिने समेत निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend