साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ २२।
ब्रिटिस गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसियसन के ए ए ए को संयुक्त प्रायोजनमा मुसिकोट नगरपालिका ७ वामीमा सुरु भएको ३ दिने निशुल्क स्वास्थ्य शिविरको दोश्रो दिन १४ सय ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।
जस अन्तर्गत जनरलतर्फ ७ सय २३ जना, आँखाको ४ सय ५३ जना, दाँतको १ सय ७० जनाको, तथा स्त्रिरोगको १ सय ८७ जनाको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ। जसमध्य ५५ जनाको आँखाको मोतियाविन्दुको सल्यक्रिया शुक्रवार गरिने वताइएको छ।
त्यस्तै १ सय ४ जनाको दाँतको शल्यक्रिया गरिएको छ। आज नै ४४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ। महेन्द्र आदर्श माविको प्रांगणमा सुरु गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, आँखाको मोतीयाविन्दुको अप्रेशन, दन्तरोग तथा सामान्य स्त्री सम्बन्धि रोगहरुको परिक्षण हुने शिविरको व्यावस्थापन गरिरहनु भएको वेलफेयरका एरिया अफिसर गम वहादुर थापाले जानकारी दिनुभएको छ।
मोतियाविन्दुको प्रा.डा. सल्मा केसि राई नेतृत्वको टोलीले सल्यक्रिया गरिरहेको पत्रकार लोकप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ। शिविरमा सल्यक्रिया, औषधि तथा कुनैपनि सेवाको शुल्क नलाग्ने स्थानिय शिक्षक नविन कक्षपतिले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend