logo
  • शनिबार, भाद्र २० २०८३

निशुल्क स्वास्थ्य शिविरमा पहिलो दिनमै ७ सय ६३ जनाको स्वास्थ्य परिक्षण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कमल पौडेल, गुल्मी भदौ २१ ।
ब्रिटिस गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसियसन के ए ए ए को संयुक्त प्रायोजनमा ३ दिने निशुल्क स्वास्थ्य शिविर मुसिकोट नगरपालिका ७ वामीमा सुरु भएको छ।
महेन्द्र आदर्श माविको प्रांगणमा सुरु गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, आँखाको मोतीयाविन्दुको अप्रेशन, दन्तरोग तथा सामान्य स्त्री सम्बन्धि रोगहरुको परिक्षण हुने शिविरको व्यावस्थापन गरिरहनु भएको वेलफेयरका एरिया अफिसर गम वहादुर थापाले जानकारी दिनुभएको छ।
बुधवार पहिलो दिन शिविरवाट ७ सय ६३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। परिक्षण गरिएको विरामी मध्य ४४ जनाको मोतिया विन्दुको अपरेशन गर्नुपर्ने भएकोले विहिवारको लागी वोलाईएको पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनुभएको छ।

मोतियाविन्दुको प्रा.डा. सल्मा केसि राई नेतृत्वको टोलीले सल्यक्रिया गर्ने आयोजकले जनाएको छ। शिविरमा सल्यक्रिया, औषधि तथा कुनैपनि सेवाको शुल्क नलाग्ने स्थानिय शिक्षक नविन कक्षपतिले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend