साझा नेटवर्क
बिष्णु अधिकारी, कतार ।
तीनवटा नमुना वस्ती निर्माण गरेर ‘नमुना नेपाल’ निर्माण घोषणा गरेको घुर्मुस-सुन्तली फाउन्डेसनले अर्को एकीकृत नमुना बस्ति निर्माणको घोषणा गरेका छन् । महत्वकांक्षी’ नमुना नेपाल’ निर्माणको घोषणा गरेर यसको तयारीमा जुटेको फाउन्डेसनले बाढी प्रभावितको लागि अर्को एकीकृत नमुना बस्ति निर्माण घोषणा गरेका हुन्।
सामाजिक संजाल फेसबुक मार्फत सिताराम कट्टेल धुर्मुसले उक्त कुराको जानकारी गराए पनि सेप्टेमबर ३ तारिकमा दोहा कतार स्थित दाङ देउखुरि सेवा सामाज (कतार )ले धुर्मुस सुन्तलि फाउन्डेसनको सहयोगार्थ उठाइएको रकम हस्तान्तरण तथा सम्मान कार्यक्रम र हेल्प मधेस(कतार)ले राखेको सम्मान कार्यक्रममा बोल्दै सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना धिमिरे (सुन्तलि) ले अहिले अाएको जस्तो बाढी अर्को बर्ष पनि अाउन सक्छ र अहिले भोगेको जस्तो पिडा अर्को बर्ष पनि भोग्नु पर्छ ।
त्यसैले गर्दा क्षणिक राहात सँग-सँगै पनि अब अर्को बर्ष पनि यस्तै बाढी अाएतापनि अहिले का ति बाढी पिढीतले अर्को बर्ष पनि बाढी को पीडा भोग्न नपरोस र अहिले को बाढीको पानी मा बगेको बच्चा जस्तै अर्को बर्ष बच्चाहरु पानीमा बग्न नपरोस भन्दै र अहिले त्रिपल भित्र बस्न बाध्य भएका र धरबार बिहिन भएका पिडित हरुलाई दिर्घकालिन राहात पुर्याउने अपेक्षा का साथ बढीपिडित क्षेत्रमा बाढी रहित एकीकृत नमुना बस्ति निर्माण गर्न लागेको भन्दै जनकारि गराउनु भयो ।
उहाँ हरुले यतिबेला बस्ति निर्माणको लागि स्थलगत अवलोकन भैरहेको र चाडै नै बिस्तृत जानकारी दिईने बताउनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend