साझा नेटवर्क
प्रेम सुनार,गुल्मी जेठ ३० ।
हिजो तिनाउ खोलामा माछा मार्ने क्रममा बेबत्ता भएका पाल्पा कसेनी ५ का १७ वर्षिय तारासिह रानाको शव आज फेला परेको छ । पाल्पा घर भई वुवटवल–१३ स्थित भिनाजुको घरमा बस्दै आएका राना हिजो दिउँसो करिव साढे ११ वजेको समयमा तल्लो शिद्धवबाबा नजिकै तिनाउ खोलामा माछा मार्दा मार्दै डुवेर बेपत्ता भएका थिए ।
उनलाई प्रहरीले खोजतलास गर्दै जाँदा सोही स्थानमा पानीमा डुबेको अवस्थामा मृत फेला पारेको वुटवल ईलाका प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक राजु कार्काले जानकारी दिए । स्मरण रहोस् माछा मारेर जिविकोपार्जन गर्दै आएका पाल्पाका थुप्रै कुमाल समुदायका मानिसहरु कहिले तिनाउ त कहिले रिडी खोलामा माछा मार्ने क्रममा खोलामा ज्यान हाल्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend