logo
  • शनिबार, भाद्र २० २०८३

पहिलो पटक NRNA कतारको उपाध्यक्ष पदमा महिलाको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
कतारमा एनआरएन उपाध्यक्षको पदमा पहिलो पटक महिलाद्वारा उम्मेदारी घोषणा भएको छ ।
लोक दोहोरी गायिका देविका केसी गुरुङले गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए एनसीसी) कतारको तृतिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।
कतार लगायत खाडी मुलुकमा नाजुक अवस्थामा रहेका महिलाहरुको उत्थान गर्ने उध्यश्य सहित आफुले उम्मेद्वारी दिएको उनले बताएकी छन् । गायिका गुरुङले आफ्नो पक्षमा जित भए महिला श्रमिककको पक्षमा काम गर्ने बताएकि छन् ।

उनले महिलाहरु पनि उम्मेद्वारका लागि योग्य छन् भन्ने देखाउन उम्मेदवारी दिएको बताइन । गायिका गुरुङ लामो समयदेखि परिवारसहित कतारमा बस्दै आएकी छन् ।

उनले यस अघि पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारको उपाध्यक्षको रुपमा काम गरेको अनुभव संगालीसकेकी छन् । साथै गुरुङले आवाज दिएको दर्जनौं लोकप्रिय गीतहरु स्रोत/दर्शक माझ ताजै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend