साझा नेटवर्क
आशा खत्री, पर्वत भदौ १४।
पर्वतको जिल्लाको जलजला गाउ पालिका अन्तर्गत मल्लाज माँझफाटमा रहेको मल्लाज बहुउदेश्यीय सहकारी संस्थाको दशौ साधारणसभा तथा चौथो अधिबेशन :जी.सि.भबन सम्मारेमा हिजो समपन्न भएको छ । पानसमा बत्ति बालेर ब्यानर अनाबरण संगै सुरु भएको कार्यक्रमको सस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नु भएको थियो ।
सस्थाका उपाध्यक्ष हिराबहादुर जिसिले उक्त कार्यक्रम स्वागत मन्तब्य राख्नु भएको थियो । मल्लाज माझफाँटसँगै बाँसखर्क, लेकफाँट, शालिजा र धाइरिङको क्षेत्रलाई आफनो कार्यक्षेत्र बनाएको सहकारीले ग्रामीण क्षेत्रबाट संचालित रहेर पनि बजार क्षेत्रमा सञ्चालित वित्तिय संस्थाले भन्दा धेरै सेवा सुविधा दिदै आएको छ ।
२०६४ सालमा स्थापना भएको सहकारीले बिगत ३ वर्षे कार्यकाल भित्र गरेका गतिविधिको बारेमा र आगामी ३ वर्षभित्र संचालन गर्ने कार्ययोजनाको बारेमा सस्थाका अध्यक्ष लालबहादुर अधिकारीले प्रकाश पार्नु भयो ।
कोषाध्यक्ष रामचन्द्र कार्किले आर्थिक गतिविधिको बारेमा प्रकाश पार्दै आय ब्यय विवरण र आगामी वर्षको लागि भाबी कार्ययोजना पेश गर्दै सस्थाले २०७३/७४ मा ७ करोड २१लाख ७ हजार ७ सय ७२ रुपैया बचत संकलन गरेको संस्थाले ७ करोड १२ लाख ४४ हजार ५ सय २९ रुपैया लगानी गरेको छ ।
सहकारीमा १८३ जना सेयर सदस्य रहेका छन् । १ करोड ४३ लाख ३१ हजार ४ सय रुपैया सेयर रकम रहेको संस्थाले ०७३/०७४ मा ७ लाख २६ हजार ४ सय २८ रुपैया मुनाफा गरेको जानकारी दिनुभयो ।
सो अबसरमा सस्थाले उत्कृस्ट सामाजिक कार्य गर्ने समाजिक व्यक्ति सामाजिक तथा महिलाका हकहितका लागि काम गर्ने महिला ब्यक्तिव उत्कृष्ट बचतकर्ता, असल ऋणी , असल शेयर बचतकर्ता ,असल शेयर ऋणी , असल कृयाशिल कर्मचारी ,उत्कृष्ट संचालक समितिका पधाधिकारी शेयर धनी लगायत सरकारि र निजि बिधालयमा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थीहरु सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा सामाजिक क्षेत्रमा क्या.टेकबहादुर जि.सि महिला चेतना केन्द्रकि अध्यक्ष हेमकुमारी अधिकारी लगायतका हुनुहुन्छ । त्यसैगरि सहकारीमा कार्यरत सह कार्यालय सहायक मिना घर्ति क्षेत्री लाइ प्रोत्साहन स्वरूप सम्मान गरिएको थियो ।
सचिब रघुनाथ आचार्यले सन्चालन गरेको पहिलो चरणको कार्यक्रमको समापन गर्दै सहकारीका अध्यक्ष अधिकारीले आफुले सधै सहकार्य र समन्यवबाट अघि बढेको र यसलाई थप निरन्तरता दिने तथा नयाँ नयाँ लगानीका क्षेत्र पहिल्याउदै लागानिको क्षेत्रलाई फराकिलो बनाउदै अघि बढ्ने प्रतिबद्धता दोहोराउदै दशौ साधारणसभालाइ सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउने सबैलाई धन्यबाद प्रकट गर्नु भयो ।
पहिलो चरणको कार्यक्रम समाप्ति संगै सुरु भएको बन्द सत्रले लालबहादुर अधिकारीको अध्यक्षतालाइ निरन्तरता दिदै निर्बिरोध ११ सदस्यीय सन्चालक समिती गठन गरेको छ । जसमा उपाध्यक्ष हिराबहादुर जि सि, सचिब रघुनाथ आचार्य, कोषाध्यक्ष रामचन्द्र कार्की सहसचिव ख्यामबहादुर खत्री र सदस्यहरुमा गोरे नेपाली, सरस्वती बरुबाल, डिल्लुमाया जि सि, हरिप्रसाद पौडेल, गणेश कार्की र रसिला कार्की चयन गरेको छ ।
साथै सस्थाको आर्थिक पारदर्शितालाइ निरन्तरता दिन धनपती सुबेदिको संयोजकत्वमा तिन सदस्यीय लेखासमिती गठन भएको गरिएको छ ।जस्को सदस्यमा रमेश बैरागी र सुरेन्द्र कार्की रहनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend