साझा नेटवर्क
एम पी पोख्रेल, कतार ।
एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ । अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल योथ एसोसिएसनको आयोजनामा हुन लागेको उक्त ग्राण्ड कार्यक्रमबारे जानाकारी गराउन हिजो कतारको सालिमार प्यालेस रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमका बारेमा जानाकारी गराईयो ।
उक्त कार्यक्रमलाई एसोसिएसनका अध्यक्ष समाजसेवी तथा ब्याबसायि उत्तम गुरुङले सभापतित्व गरेका थिए भने पत्रकारहरुको प्रश्नका जबाफ ग्राण्ड फिनाले मेन एडभाईजर सामाजिक अगुवा सागर नेपाल, ईभेण्ट पार्टनर ब्याबासायी तथा युवा समाजसेवी प्रबिन गुरुङ,ईभेण्ट म्यानेजमेण्ट ब्याबासायी प्रकास गुरुङ , प्रमुख सल्लाहकार समाजसेवी बिल गुरुङ तथा उत्तम गुरुङले दिएका थिए ।
एडभाईजर अफ दि ईभेण्ट सागार नेपालले दोहाका कलाप्रेमीहरुले आफु मासिएर पनि कला र कलाकारीता मर्न नदिएको उक्ती प्रस्तुत गर्दै नेपाली समाजले कलाकारीतालाई सधैब मायाँ र सम्मान गरेको र त्यसैको फलस्वरुप नेपाल आईडल जस्तो अत्यन्तै चर्चित कार्यक्रमको फिनाले कतारमा हुदै गरेको जानाकारी दिए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा समाजसेवी तथा ब्याबसायी प्रबिन गुरुङले कार्यक्रमको सफलताको बलियो पक्ष र ईभेण्ट म्यानेजमेण्ट टिमबारे जानाकारी दिएका थिए ।
कार्यक्रमा पत्रकारहरुको जवाफ दिने क्रममै समाजसेवी तथा ब्याबसायी उत्तम गुरुङले आज सम्म दोहामा भएका कार्यक्रम मध्यको उत्कृष्ट कार्यक्रम बन्ने उल्लेख गरे ।
स्मरण रहोस नेपाल आईडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर २२ का दिन साँझ ५ बजेबाट कतारको ओमसलाल अल सानिम ईण्ड्रस्टी्रयल एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा तय गरिएको छ ।
ग्राण्ड फिनालेको लाईभ प्रसारणका साथै टिकटका लागी अनलाईन क्यु टिकट र बिभिन्न सम्पर्कका माध्यमबाट हुनेछ टिकट दर ३५ देखी २०० सम्म रहेको छ भने रेड कार्पेट एरिया बाहेक १६५०० सिट सँख्याको हल रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend