logo
  • शनिबार, साउन ३० २०८३

एनसेलको टावरमा आगजनिबाट महत्त्वपूर्ण सामाग्रीहरु जले


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री गुल्मी, जेष्ठ ३० ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गुल्मीको रेसुङ्गामा रहेको एनसेलको टावरमा आगजनी गरेको छ ।
1
शनिबार राति चार पाँच जनाको समूहमा आएका माओवादीले टावरको रेखदेखकालागि खटिएका हेरालु ज्ञानेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएर टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।

आगलागीबाट टावरका आइडियु, जेटिई मोक्स, एभिएटी, डिसीपिटी, व्याट्री, केवलपावर लगायतका लाखौं मुल्य बाराबरका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको एनसेलका प्राविधिक अजनिस कुँवरले बताउनुभयो । टावरमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend