logo
  • शनिबार, भाद्र २० २०८३

कवि रमेश श्रेष्ठलाई सुने कतारका साहित्यिक सर्जकहरुले


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली, दोहा ।
अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतार र नबोदित साहित्यिक वाचनालय कतारले कबि रमेश श्रेष्ठसंग भेटघाट तथा रचना वाचन कार्यकम सम्पन्न गरेको छ । बिशेष कारणले कतार आइपुगेका कबि श्रेष्ठसंग दोहामा साहित्यिक जमघट गरेको छ ।
अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतारका अध्यक्ष तिर्थ संगम राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यकममा कबि श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने दोहाका बुद्दिजिबि तथा डबलीका बिशिस्टहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यकममा डेढ दर्जन भन्दा बढी साहित्यिक सर्जकहरुको उपस्थित रहेको थियो । कार्यक्रममा दीप मिलन, सागर भण्डारी, यादब रेग्मी, ईश्वर शाही, दीलिप पराजुली, मणि पौडेल, श्यामराज रानाभाट, प्रेम प्रसाद भट्टराई ,सिताराम थापा, अर्जुन चापागाई, रुप रसाइली र तिर्थ संगम राइले गजल तथा कविता बाचन गरेका थिए भने कबि श्रेष्ठले करिब एक दर्जन भन्दा कविता तथा गित बाचन गरेका थिए ।

कार्यकममा कविले गिद्द स्वपना, काली दमिनी, शिर, माझि, बाघ, सम्पादकलाई चिठी, दमै चरो, आमा र शितहरु, नदि उत्सब, पहाड, अन्तर धोनी र म्युजियममा जस्ता गरेर डेढ दर्जन कबिता बाचन गरेका थिए ।

कार्यक्रममा पुर्व बिशिस्ट श्रोता बिल बहादुर गुरुंगले यो साहित्यिक सस्था दोहाको यौटा नमुनाको रुपमा रहेको जिकिर गरे । समयमा शुरु हुने र समयमा सकिने कार्यकममा कुनै पनि भाषण बाजी नरहने यसको अर्को विशेषता भएको बताए । कार्यकममा कविलाई आयोजकलाई सस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यकमको अन्त्यमा सभापति तिर्थ संगम राईले कबि रमेश श्रेष्ठलाई यसरि सुन्न र सुनाउन पाउदा साह्रै खुशी भएको बताए । लामो समय देखी नेपाली भाषा र साहित्यमा योगदान गरिरहेका श्रेष्ठलाई अनेसास नबोदितमा पाउदा निकै खुशी भएको बताउदै कविको कतार बसाई शुखद र सहज बन्नेमा समेत ढुक्क रहेको बताउदै कार्यक्रमको समापन गरेका थिए ।

उपाध्यक्ष शाहीलाई सम्मान तथा बिधाई

नबोदित साहित्यिक वाचनालय कतारका प्रथम उपाध्यक्ष ईश्वर शाही कतारको बसाइलाई बिट मारेर जादै गर्दै अनेसास -नबोदितले सम्मान तथा बिधाई कार्यकम सम्पन्न गरेको छ । कबि श्रेष्ठ सँग भेटघाट तथा बाचन कार्यक्रममा नि शाहीलाई बिधाई गरेको हो । शाही लामो समय देखी नेपाली साहित्य र दोहाको साहित्यिक माहोलमा निकै योगदान गरेका ब्याक्ति हुन । उनलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend