logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा साना करदाताबाट १ करोड राजस्व संकलन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री,गुल्मी भदौ ११ ।
गुल्मीमा साना करदाता बाट १ करोड भन्दा वढी राजस्व संकलन भएको छ । जिल्लामा गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजस्वर संकलन गरिरहेको छ ।

जिल्लामा एक महिना अघिदेखि भइरहेको संकलनमा १ हजार १ सय साना ब्यवसायीहरुले बुझाएको राजस्वबाट १ करोड भन्दा वढी राजस्व संकलन भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका कार्यलय प्रमुख तोमलाल पन्थीले जानकारी दिए ।जिल्लामा उद्योग वाणिज्य संघ गुल्मी संग १ हजार ९ सय ब्यवसायीहरु आबद्धरहेका छन् ।

साना ब्यवसायीले जिल्लामा भदौ १५ गते सम्म राजस्व बुझाउन सक्ने छन् । साना करदाताले गाउँपालिकामा ब्यवसाय सञ्चालन गर्नेहरुले १ हजार ५ सय र नगरपालिका भित्र सञ्चालन गर्नेहरुले २ हजार ५ सय राजस्वर बुझाउँदै आएका छन् ।जिल्ला सदरमुकाम तम्घास वाणिज्य संघले ब्यवसायीहरुलाई शाखा रहेका स्थानहरु बलेटक्सार, रिडी,वामीटकसारका शाखाहरुमा पनि संकलन गरिरकेको छ ।

वाणिज्य संघले अन्य दुइ स्थानका शाखा शान्तिपुर र मजुवामा पनि छिट्टै ब्यवस्था मिलाउने तयारी गरेको छ ।जिल्ला सदरमुकाम बाहेक शाखामै ब्यवस्था मिलाउदा करदातालाई जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ । साना ब्यवसायीले एक वर्ष सम्म गरेको आम्दानी वापतको राजस्वर बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend