logo
  • शनिबार, साउन ३० २०८३

विद्वानहरुको सभामा म अनपढको के काम : प्रम ओली


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं ,जेष्ठ ३० ।KP-Oli
बाबुराम भट्टराई आफैले फोन गरेर निम्ता दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नयाँ शक्ति नेपालको पार्टी घोषणासभा कार्यक्रममा जाने भएका छन्।

यसअघि प्रधानमन्त्री निकट स्रोतले उक्त कार्यक्रममा जाने कार्यसूची नभएकाले उपस्थित हुन नसक्ने जनाएको थियो। ‘बाबुरामजीबाट पटकपटक फोन आएकाले प्रधानमन्त्रीज्यु जाने निर्णयमा पुग्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने। नयाँ शक्तिले आज दशरथ रंगशालामा पार्टी घोषणा कार्यक्रम गर्दैछ। प्रधानमन्त्री ओली दिउँसो ३ बजेभित्र सभामा जाने दाहालले जानकारी दिए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार भट्टराईले फोन गरेपछि प्रधानमन्त्री ओलीले ‘म नपढ्या मान्छे, फिट हुँला र तपाईँ विद्वानहरुको सभामा?’ भनेर सोधेका थिए। उनका अनुसार प्रमले ‘आउन त मन थियो, पढ्या छैन के गरुम्’ भन्दै नपढेका नि आए हुन्छ भने चाहिँ आउँछु’ भन्ने जवाफ फर्काएका थिए।

अघिल्लो शनिबार भक्तपुरमा आयोजित एउटा कार्यक्रममा भट्टराईले उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने बताएका थिए। त्यसैको जवाफमा व्यङ्ग्य गर्दै उनले यस्तो जवाफ फर्काएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend