logo
  • शनिबार, भाद्र २० २०८३

साइप्रसमा नेपाली युवतीको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

समिम मियाँ, साइप्रस भदौ १।
रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप जिल्ला टोकरपुर ८ कि २२ वर्षीय यमुना खपांगी मगर हुन् ।
गत आइतबार साँझ बेहोस अवस्थामा तैरिएको पाइए पनि अस्पताल पुर्याउदा ज्यान गइ सकेको फमगुस्ता जेनेरल अस्पतालले जनाएको छ । पानीमा डुब्नाले मृत्यु भएको पोस्ट मार्टम प्याथलोजिस्ट इलानी एन्टोनियोले बताएको साइप्रसमेल अनलाइनले लेखेको छ ।
विगत १६ महिना देखि लिमासोलमा कार्यरत मगर आफ्नो मालिकहरुसंग बिदा मनाउन परलिम्नी कप्परिस क्षेत्रमा रहेको घरमा गएकि उनि सो दिन मालिकहरुसंग समुन्द्र नगई घर मै बसेकी थिइन् । मालिकहरु समुन्द्र किनार घुमेर साँझ अबेर घर फर्किदा उनलाई नभेटेपछी खोजी गर्दा स्विमिंग पुलमा पाइएको थियो ।

“मृतकको शव नेपाल पठाउन कन्सुलेट मार्फत स्थानीय निकाय संग आवश्क पहल गरि रहेका छौ, इन्सोरेस कम्पनिले पूर्ण सहयोग गरिरहेको छ र मालिक संग पनि क्षतिपूर्तिको लागी कुरा उठाएका छौ “एनआरएनए साइप्रसका अध्यक्ष सुभास मल्लले भने ।

साइप्रसका लागि कन्सुलेट र इजाराइल स्थित नेपाली दुतावास समन्वय गरि मृतकको परिवारलाई नेपालमा क्षतिपूर्ति उपलब्ध गराउन पनि पहल गरिरहेको अध्यक्ष सुभास मल्लले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend