logo
  • शनिबार, भाद्र २० २०८३

अन्तराष्ट्रिय नेपाली समाजद्वारा बाढीपिडितलाई राहत संकलन सुरु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, दोहा ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रका नेपालीका लागि नयाँशक्ति कतारले राहत संकलन कार्य शुरु गरेको छ । केही दिनेदेखि  पहाड र तराईमा अविरल वर्षा कारण जारी पहिरो र बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै तत्कालका लागि राहत पुर्याउन सो संकलन अभियान शुरु गरिएको संकलनका अभियन्ता तथा अन्तराष्ट्रिय नेपाली समाज कतार (INSQ ) का निवर्तमान सचिब राम संजेल र दुर्गा भुसालले जानकारी दिए ।

अन्तराष्ट्रिय नेपाली समाज कतारले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र  स्वास्थ लाभको कामना गरिएको छ, साथै सरकार समक्ष्य यथा सिघ्र  उद्दार तथा राहातमा ध्यान दिन र आर्थिक संकलन  अभियान चलाउन आग्रह गरेको छ । ‘जन्म भूमिको आहत र आपतलाई हामीले अनुभूति गरिसकेका छौं ।

नेपालमा हाम्रा आफन्त र ईष्टमित्रहरूको राहत र उद्धार कार्यमा सहयोग र सहभागिता जनाउन अन्तराष्ट्रिय नेपाली समाज कतार सकृय भइसकेकोले छिटोभन्दा छिटो आपतकालीन राहत संकलन र वितरणमा जुट्न नयसक्तिका केन्द्रिय सदस्य तथा अभियन्ता कमल घिमिरे र INS कतारका निवर्तमान कोषाध्यक्ष देब परिवारले सम्पुर्ण नेपाल तथा विदेशमा रहेका नेपालीहरुमा अपिल गर्नु भएको छ ।

संकलित रकम आज भोलि नै नेपाल पठाउन लागिएको अभियानका अभियन्ता होम उप्रेती र मनोज दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend