साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
आदरणीय कतारबासी दाजुभाई तथा दिदीबहिनीहरु, पत्रकार मित्रहरु र गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका परिषद् सदस्य ज्यूहरुमा नमस्कार ।
सर्वप्रथम, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१७–२०१९ कार्यकालको लागि द्दितिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दियको घोषणा गरेको जानकारी यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
मेरो विगत केही वर्षदेखि कतारमा कार्यरत रहदा सामाजिक संघ संस्थाहरुको कार्य सम्पादनका अनुभवहरूलाई उपयोग गर्दै यस संस्थालाई उपलब्धिमुलक बनाउने उद्धेश्यले यस पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।
गैर आवासिय नेपाली संघको साझा उद्धेश्य र सिद्धान्तहरूलाई मार्गदर्शक मान्दै अघि बढ्न, प्रवासका नेपाली समुदायहरु विच आपसी सहयोग र सद्भावको भावनालाई अझ मजबुत बनाउन, राष्ट्रीय हकहितको लागि काम गर्न र हाम्रो साझा अभियान पुरा गराउन म लगायत हामी सवैको प्रमुख दायित्व ठानेर मैले एनआरएनए एनसीसी कतारको २०१७ – २०१९ कार्यकालको लागि उम्मेदवारी घोषणा गरेको ब्यहोरा निवेदन गर्दछु ।
एनआरएन अभियान र एनआरएनको उद्देश्य पुरा गराउनका लागि मेरा निम्न पहलहरु रहने छन् ।
१) कतारमा स्थापित संघ संस्थाहरू विच समन्वय गरि दोहामा हुने गरेका एकै प्रकृतिका कार्यक्रमहरु गैर आवासिय नेपाली संघ कतारको संयोकजत्वमा आयोजना गर्ने वातावरण तयार गर्ने ।
२) कामको सिलसिलामा घाईते भएर लामों समय देखि कोमामा रहेका विरामी नेपालीहरूको अवस्था अध्ययन गरि नेपाल फिर्ता पठाउन पहल गर्दै गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकार समक्ष कम्तिमा पनि ति विरामीहरुलाई वाचुञ्जेल हस्पिटलमा रहने व्यवस्था गर्नको लागी आवाज उठाउने ।
३) नेपाली दुतावास र संघ सस्थाहरू विच आपसी समन्वय गरि पिडीत नेपालीहरूको समस्या समाधान गर्न दुतावास सम्म समस्या पु¥याएर श्रमिकहरूलाई सहयोग गर्ने र यस समस्याको निराकरणको लागि पहल गर्ने ।
४) गैर आवासीय नेपाली संघ श्रमिक केन्द्रित वनाउने र श्रमिकहरूको समस्यालाई मध्यनजर गर्दै जनचेतना मुलक कार्यक्रमहरु ल्याउने ।
५) रोजगारीको लागि नेपाली कामदारहरु विदेश प्रस्थान गर्नु अघि संबन्धित देशको स्थानिय कानुनको बारेमा जानकारी दिई सो देशको कानुनमा के गर्दा कानुनी र के गर्दा गैर कानुनी हुने बारे श्रम स्विकृति अगावै सो संबन्धि परीक्षा लिएर मात्र श्रम स्विक्रति दिने प्रावधान ल्याउन नेपाल सरकार संग संस्थागत अनुरोध गर्न पहल गर्ने ।
६) रोजगारीको लागि नेपाली कामदारहरु आफु जाने काममा दक्ष भएर मात्र विदेश जानु पर्ने तसर्थ जुन काममा जाने हो सो कामको ज्ञान लियर मात्र विदेश जाने व्यवस्था मिलाउनु पर्ने मा जोड़ दिने ।
७) साझा संस्थाको रुपमा स्थापित यस संस्थालाई प्रक्रियागत रुपमा सुधार गरिने ।
यी प्रतिवद्धताहरुलाई कार्यन्वयन गर्न सकरात्मक सोच, दायित्वबोध र अनुशासित भई विशुद्ध सामाजिक कार्यकर्ताको रुपमा निष्पक्ष कार्य सम्पादन गर्ने विश्वासका साथ यहाँहरुको पूर्ण सहयोगको लागि विनम्र अनुरोध गर्दछु ।
अन्तमा यस गरिमामय संस्थाको परिषद सदस्यहरुले आफ्नो अमूल्य मत दिई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको द्दितिय उपाध्यक्ष पदमा मलाइ विजयी गराईदिनु हुन हार्दिक अपील गर्दछु ।
विशेष आभार सहित
सुदर्शन भट्ट
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको द्दितिय उपाध्यक्ष पदको उमेदवार
२०१७–२०१९ कार्यकालमा पार्षद न : QA २९
२०१५–२०१७ कार्यकालमा पार्षद न. : ३३९५
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend