साझा नेटवर्क
ध्रुब क्षेत्री, कतार ।
समाज सेवा गर्ने धेरै माध्याम छन् र थिए । तर आफुले चाएको सामजिक अभियानलाइ पुरा गर्न् सामजिक बेक्तित्वले पद वा पैसा भन्दा पनि कुनै तेस्तो सस्थाको खोजि गर्छ जहाबाट प्रत्यक्ष आफ्नो सहभगितामा कुनै पनि पिडित को घाउमा मलम लगाउन सकियोस ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी २०१७/२०१९ सम्मको कार्यकालका लागि गोरखा पालुङ्टार निवासी रामजी खत्रीले सचिव पदमा उम्मेदवारी दिएका छ्न । खत्रीका अनुसार समग्रहमा उनको उद्देस्य पनि प्रतेक्ष्य समाज सेवा नै होस वा मजदुरका हक र हितमा काम गर्नु नै हो । लामो समया देखि कतारलाइ कर्म थलो बनाएका खत्री बिभिन्न सामाजिक सस्थाका अभियानमा प्रत्यक्ष जोडिएर काम गरि रहेका सामजसेबी व्यक्तित्व पनि हुन् ।
खत्रीले कतारमा रहेका नेपाली समाज र संघ–संस्थाहरुलाई नयाँ मार्ग निर्देश गर्न सक्ने क्षमतावान, सक्षम, साझा संस्था रुपमा स्थापित गर्न सक्ने कार्यसमिती चयन हुनु पर्छ भन्ने मान्यताका साथ आफुलाई पनि यस अभियानको जिम्मेवार सचिव पदमा रहेर काम गर्न को लागि उम्मेदवारी दिने निर्णय गरेको बताउनु भएको छ । प्रदेश नम्बर ४ पालुङ्टार नगरपालिका १, गोरखामा जन्मनु भएका खत्री बिगत ७/८ बर्षदेखि कतारमा कार्यरत हुनुहुन्छ ।
गोर्खा सेवा समाज कतारको प्रथम उपाध्यक्ष, खस क्षेत्री सेवा समाज कतारको महासचिव लगायत विभिन्न सामाजिक संघ सस्थाहरुमा काम गर्दै सामाजिक कार्यमा अनुभव बटुल्न भएका खत्रीले सम्पुर्ण गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका पंञ्जिकृत सदस्यहरु, अभियन्ता तथा अग्रजहरु, बुद्धिजिवी, बिभिन्न संघ–संस्थामा आबद्ध सामाजिक अभियन्ताहरुमा सहयोगको लागि अनुरोध समेत गर्नुभएको छ ।
• गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ,कतार लाई श्रमिक मैत्री बनाउने र श्रमिकले गर्व गर्ने साझा संस्थाको रुपमा स्थापित गराउनेमा मेरो भुमिका प्राथमिकतामा रहने छ । गैरआवासिय नेपाली संघले पंजिकृत सदस्यता नबिकरण तथा नयाँ सदस्यता लिनको अबलम्बन गरेको IMS (MIS) प्रणालीको आवेदन फाराम श्रमिक मैत्री बनाउन पहल गर्ने र प्रशिक्षित गराउने । कतारबासी नेपालीले जुनसुकै बेला सदस्यता आवेदन दिन पाउने ब्यबस्था विधानमा उल्लेख गराउन बिशेष भुमिका रहने ।
• गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,कतारको कार्य सम्पादनमा सांगाठानिक गतिविधीहरुको अभिलेख राख्न र प्रतिवेदनहरु संस्थाको नियमानुसार नियमित रुपमा सम्बन्धित प्रतिनिधी र सदस्यहरुलाई उपलब्ध गराउन र अध्यक्षको निर्देशन अनुसार बैठक बोलाउन र बैठकका एजेण्डाहरु तय गरि बैठकमा पेश गनका लागि महासचिवलाई पुर्ण सहयोग गर्ने ।
• रोजगारीका सिलसिलामा कतारमा कार्यरत नेपाली श्रमिकहरु बिच निरन्तर सम्पर्कमा रहि सम्बन्ध प्रगाढ गर्ने र उनीहरुले भोगिरहेका समस्याहरुको पहिचान र अध्ययन गरि समाधानका लागि नेपाली दुतावास र अन्य संघ–संस्थाहरु सँग समन्वय र सहकार्य गर्ने। संचेतना मुलक कार्यक्रमहरु आयोजना गर्नको लागि बिशेष भुमिका रहने ।
• कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाहरु बिचको सुमधुर सम्बन्ध र आपसी मेलमिलाप कायम गरि समन्वय र सहकार्यमा मातृभुमि -नेपाल_ र नेपाली समुदायको हित हुने कार्यक्रमहरु ल्याउने । नेपाली कला , संस्कृति , भेषभुषा , साहित्य , खेल र नेपालको पर्यटन क्षेत्रको प्रबद्धन गर्न सहयोग गर्ने कार्यक्रम तथा योजनाहरुलाई प्राथमिकतामा राख्ने ।
• गैरआवासिय नेपाली संघको उद्धेश्य अनुरुप नेपालको आर्थिक बिकाशको लागि बिदेशमा सिकेको सिप र अनुभव साथै अर्थको लगानी बातारण सिर्जना सम्बन्धित निकाय सग पहल गर्ने गराउने ।
खत्रीले आफुलाइ श्रमिकको पिडा प्रतेक्ष्य साथ् दिन सक्ने बातावरण बनाउन सम्पुर्ण कतार बासी नेपालीहरुको साथ्” सहयोग , सल्लाह र सुझाब अपरीहार्या रहेको भन्दै आफुले श्रमिक मैन्त्री अभियान लाई सफल बनाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्दताका साथ् आफुलाई यस अभियानको लागि एनअारएनए कतारको सचिव पदमा आफ्नो अमुल्य मत दिइ बिजयि गराइ दिनु हुन NRNA -NCC कतारको पंजिकृत सदस्यता लिइ सक्नु भएका सम्पुर्ण नेपालीहरुमा आग्रह गर्नु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend