logo
  • शनिबार, साउन ३० २०८३

अविरल वर्षापछि म्याग्दीको सदरमुकाम बेनीमा बाढी पस्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

म्याग्दी, जेष्ठ ३०।
गएराति ९.३० बजेदेखि १२ बजेसम्म परेको मुसलधारे वर्षापछि आएको बाढीले सदरमुकाम बेनीको क्याम्पसचोक र मंगलाघाट बजार पुरेको छ ।
22
एसियाली विकास बैंकको ऋण सहयोगमा कृषि सडक विभागद्वारा संञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (डिआरएलपी) अन्तर्गत बेनी–अथुङ्गे–तोरीपानी सडकबाट निक्लेको ढुङ्गामाटो व्यवस्थापन नगर्दा बाढीको रुपमा सदरमुकाम पसेको थियो ।
33
‘विनासकारी विकासले नै यो विपत्ति निम्त्याएको हो,’ जिल्ला भू-संरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘हाम्रो सुझावलाई यहाँका नेता तथा विकासे अड्डाले अटेरी गर्दा बर्सेनी समस्या थपिएको हो ।’
11
मुसलधारे वर्षापछि माथि डाँडामा अवस्थित अथुङ्गे क्षेत्रबाट बेनी–अथुङ्गे–पाखापानी सडकबाट ढुङ्गामाटो सहित बाढी क्याम्पसचोक र मंगलाघाट बजारमा पस्दा कम्तीमा एक सय घर पुरिएका छन् । दर्जनौं घर जोखिममा परेका छन् ।
6
‘मानवअधिकारको वकालत गर्ने एसियाली विकास बैंकको लगानीमा सञ्चालित आयोजनाको लापरबाहीले बेनीबासीको ज्यूज्यान जोखिममा परेको छ । मानवअधिकारको घोर उल्लंघन हो,’ क्याम्पसचोकका पीडित चन्द्रप्रकास बराईलीले भने, ‘नागरिकको जीऊ ज्यान जोखिममा पर्नेगरी विनासकारी विकास गर्न पाइन्न । जिविस र डिर्लिप आयोजनाले जिम्मेवारी लिनु पर्छ ।’
5
बाढीले सदरमुकामका घरपसलहरु पुर्न थालेपछि मस्त निद्रामा परेका बेनीवासीबीच रुवावासी र आतंक फैलिएको थियो। दुई घन्टाबढी समय गडगडाहटसहित मुसलधारे पानी पर्दा पुरै बेनी त्रसित बनेको थियो । सिंगो सहर रातभर जाग्राम बसेको थियो। १२ बजेपछि विस्तारै पानी पर्न रोकिएपनि १ बजेसम्मै बाढी आउनेक्रम रोकिएको थिएन । कान्तिपुर
44

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend